Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
चेपाङ समुदायको आम्दानीको मुख्यस्रोत पाडो – Gaule Khabar

चेपाङ समुदायको आम्दानीको मुख्यस्रोत पाडो

चेपाङ समुदायको आम्दानीको मुख्यस्रोत पाडो

हेटौँडा, मंसिर २३–

मकवानपुरको विकट गाविस काँकडा—४ देवीटारका चेपाङ समुदायको आम्दानीको मुख्यस्रोत पाडो बनेको छ । भैँसीको पाडोबाट करिब डेढ–दुई वर्षमा लगानीको १२ गुना बढी आम्दानी भएकाले यस समुदायको आम्दानीको मुख्यस्रोत पाडो बन्न गएको हो ।

गाईवस्तु पालन नगर्ने यस ठाउँमा खेतबारी जोत्नका लागि गोरुमात्र पाल्ने चेपाङ समुदायले केही वर्षदेखि आम्दानीको वैकल्पिक स्रोतका रुपमा पाल्न थालेको पाडोबाट राम्रो आम्दानी भएपछि उनीहरु यसप्रति आकर्षित भएका हुन् । खेतीको अन्नले केही महिना मात्र खान पुग्ने भएकाले बाँकी महिनाको केही समय गिठ्ठा भ्याकुर खोज्ने, माछा मार्ने र ज्याला मजदुरी गर्ने यहाँका चेपाङले अहिले पाडो पालन गरेर छोराछोरी पढाउन थालेका छन् ।

जनएकता सामुदायिक वन उपभोक्ता समूहमा आबद्ध यस ठाउँमा जम्मा २५ घरधुरी रहेको चेपाङ समुदायको हरेक घरमा अहिले दुईदेखि तीनवटासम्म पाडा रहेका छन् । तीनवटा बच्चाकी आमा २२ वर्षीया जुनिमायाले पनि बच्चाकै लागि पाडो पालेको बताउनुहुन्छ । “मौरीपालनले थोरै खर्च चल्छ, तर पाडोले बच्चा पढाउनुपर्छ”, उहाँले भन्नुभयो । आफूले नपढेको भएपनि बच्चा पढाउन उनीहरुले पाडोपालन गरेका छन् । तर पनि यो आम्दानीले उनीहरुलाई समृद्ध भने बनाउन सकेको छैन ।

खाद्यान्नका लागि अझै पनि मनहरि बजारबाट कनिका किनेर लैजाने उनीहरुको भनाइ छ । उनीहरु सामुदायिक वन उपभोक्ता महासङ्घले अझ दिगो आम्दानीको स्रोत जुटाइदिए हुन्थ्यो भन्ने चाहन्छन् ।

विकट गाविसको अति विपन्नमा पर्ने देवीटारका चेपाङलाई बिहान–बेलुका छाक टार्नका लागि पनि समस्या हुने भएकाले नै यस ठाउँमा शिक्षा र स्वास्थ्यको स्तरको अवस्था पनि न्यून रहेको छ । हाल मौरी र पाडोले केही आवश्यकता पूरा गरेपनि समृद्धिका लागि ठोस योजनाको आवश्यकता रहेको छ । –रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका