Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
गोलीकाण्डमा हाम्रो संलग्नता छैन् : मोर्चा – Gaule Khabar

गोलीकाण्डमा हाम्रो संलग्नता छैन् : मोर्चा

गोलीकाण्डमा हाम्रो संलग्नता छैन् : मोर्चा

रबिन्द्र पताप गुप्ता,
भैरहवा, मंसिर २२–

उद्योगी एवंम सिद्धार्थ उद्योग वाणिज्य संघका उपाध्यक्ष कुलप्रसाद न्यौपाने माथि मंगलबार साँझ भएको सांघातीक हमलाको प्रयासमा मधेशी मोर्चाको कुनै पनि संलग्नता नरहेको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा रुपन्देहीले जनाएको छ ।
बुधबार भैरहवामा पत्रकार सम्मेलन गरी मोर्चाका नेताहरुले उक्त घटनामा मोर्चाको कुनै संलग्नता नभएको स्पष्ट पारेका हुन् । पत्रकार सम्मेलनमा सदभावना पार्टीका केन्द्रीय उपाध्यक्ष ओमप्रकाश यादव गुल्जारीले मधेशी जनता र पहाडिया जनताबीच साम्प्रदायीक दंगा फैलाउने उद्देश्यले आपराधिक तत्वले घटना घटाएको भन्दै घटनाको सत्य तथ्य सार्वजनिक गरी दोषीलाई कडा भन्दा कडा कारवाहीको दायरामा ल्याउन सरकार समक्ष आग्रह गर्नुभयो ।
संघीय समाजवादी फोरम नेपाल रुपन्देहीका अध्यक्ष महेन्द्र यादवले उद्योग वाणिज्य संघको भैरहवामा र्याली भैरहँदा मोर्चाले धकधईमा भण्डाफोर कार्यक्रमको विषयलाई जोडेर घटनामा मोर्चाको संलग्नता छ भन्ने जस्ता भ्रामक समाचारहरु सम्प्रेषण नगर्न सम्पूर्ण नागरिकलाई आग्रह गर्नुभयो ।
तराई मधेश लोकतान्त्रीक पार्टीका जिल्ला अध्यक्ष अजय वर्माले मोर्चाले हतियारको राजनीति नभई सधै वैचारीक राजनीतिको पक्षमा रहेको स्पष्ट पार्नुभयो । उहाँले यस किसिमको घटनामा मोर्चालाई नजोड्न आग्रह गर्नुभयो ।
नेताहरुले उद्योगी न्यौपाने माथि भएको हमलाको प्रयास दुःखद भएको बताउँदै दोषीलाई कारवाही गर्नका लागि मोर्चाले प्रशासनलाई पुर्ण रुपमा सहयोग गर्ने प्रतिवद्धता समेत जाहेर गरेका छन् । मंगलबार अखण्ड ५ नम्बर प्रदेशको पक्षमा सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीको पहलमा र्यालीमा सहभागी भएका न्यौपानेलाई साँझ भैरहवाको गल्लामण्डी स्थित आफ्नै व्यवसायीक प्रतिष्ठानमा बसिरहेको अवस्थामा गोली प्रहार भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका