Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
पाँच नं प्रदेश विभाजन गर्नुहुँदैन ः डा कोइराला – Gaule Khabar

पाँच नं प्रदेश विभाजन गर्नुहुँदैन ः डा कोइराला

पाँच नं प्रदेश विभाजन गर्नुहुँदैन ः डा कोइराला

चितवन, मंसिर २१ –

नेपाली कांँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले ५ नं प्रदेशलाई पहाड र तराईमा छुट्याउन नहुने बताउनुभएको छ ।

चार दिनको भारत भ्रमणपछि नवलपरासीको एक कार्यक्रमलाई सम्बोधन गरेर काठमाडौँ फर्किने क्रममा कुरा आज यहाँ पत्रकारसँग कुरा गर्दै उहाँले पार्टीको बैठकले यसबारे निर्णय नगरेको र छलफल भएको जानकारी पनि नभएको स्पष्ट गर्नुभयो ।
“जनभावना विपरीत सीमाङ्कन परिवर्तन हुन सक्दैन” उहाँले भन्नुभयो, “पहाड र तराई छुट्याउन हुन्छ वा हुँदैन भन्ने विषयमा आवश्यक गृहकार्य नगरी सरकारले प्रस्ताव दर्ता गरेकाले अहिले समस्या उत्पन्न भएको हो” महामन्त्री डा कोइरालाले भन्नुभयो, “प्रस्ताव दर्ता गर्नुअघि बृहत् छलफल गर्नुपथ्र्यो, त्यो हुन सकेन । ”

उहाँले ठूला तीन दल, राप्रपासहित मधेसकेन्द्रित दलबीचमा सहमति हुन नसके संशोधन प्रस्ताव फिर्ता लिनुपर्ने सुझाव दिनुभयो ।

भारतका मणिपुर, नागाल्यान्डलगायत प्रदेशमा रहेका आदिवासीलाई सरकारले छुट्टै रुपमा बजेट दिएर जीवनस्तर उकासिरहेको जानकारी दिँदै उहाँले नेपालमा पनि पिछडिएका जातिलाई छुट्टै बजेटको व्यवस्था प्रदेशभित्रै गर्न सकिने बताउनुभयो ।
ठूलो दलको हिसाबले अहिलेको जिम्मेवारी काँग्रेसको भएकाले सबै दललाई मिलाएर लैजानुपर्ने बताउनुभयो । डा कोइरालाले भन्नुभयो “सबै पार्टी मिलेर निकास खोज्नुपर्छ, त्यसको नेतृत्व काँग्रेसले गर्नुपर्छ ।”
पार्टीभित्र बृहत् छलफल गरी बैठकबाट आधिकारिक धारणा निकाल्नुपर्ने बताउँदै उहाँले छिटो निकास निकाल्न नसके जनताको विश्वास गुमेर जाने चेतावनी दिनुभयो । “अहिलेको मुख्य चुनौती संविधान कार्यान्वयन नै हो ” उहाँले भन्नुुभयो । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका