Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
संविधान संशोधनविरुद्धको आन्दोलनको सातौ दिनःबन्दका कारण जनजीवन कष्टकर बन्दै – Gaule Khabar

संविधान संशोधनविरुद्धको आन्दोलनको सातौ दिनःबन्दका कारण जनजीवन कष्टकर बन्दै

संविधान संशोधनविरुद्धको आन्दोलनको सातौ दिनःबन्दका कारण जनजीवन कष्टकर बन्दै

काठमाडौं, मंसिर २१ –

संविधान संशोधन विधेयकको विरोधमा भइरहेको बन्द र प्रदर्शनका कारण बुटवल लगाएतका जिल्लाको जनजीवन कष्टकर बन्दै गएको छ । बन्दका कारण हजारौँ विद्यार्थी विद्यालय जानबाट बन्चित भएका छन् । सरकारले गएको मंगलबार संसदमा संविधान संशोधन विधेयक दर्ता गरेपछि बुधबारदेखि विरोध प्रदर्शन भइरहेको छ ।

पाल्पा, गुल्मी, रुपन्देही र अर्घाखाँचीमा पठन पाठन प्रभावित भएको हो । बन्दका कारण यी जिल्लाका जनजीवन प्रभावित भएको छ । विरामीहरु अस्पताल जान पाएका छैनन् भने डाक्टर र स्वास्थ्यकर्मीलाई पनि अस्पतालसम्म पुग्न कठिनाई भएको छ ।

पाल्पामा बेलुकी ५ बजेदेखि विहान ५ बजेसम्म र रुपन्देहीमा बेलुकी ५ बजेदेखि विहान सात बजेसम्म मात्रै गाडी चल्न दिइएको छ । कपिलवस्तुको सदरमुकाम तौलिहवामा भने मंगलबार गाडी चलिरहे पनि अरु भागमा ठप्प छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका