Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
बर्दिवासमा किसान मर्कामा – Gaule Khabar

बर्दिवासमा किसान मर्कामा

बर्दिवासमा किसान मर्कामा

बर्दिवास,मंसिर २० – महोत्तरी जिल्लाको उत्तरी क्षेत्रमा भ्यागुते रोगले बस्तुभाउ मर्न थालेपछि पशुपालक किसान चिन्तित भएका छन् । पछिल्लो एकसातामा एकपछि अर्को गरेर बर्दिवास–३ मा १२ वटा भैँसी मरेपछि उनीहरुमा चिन्ता बढेको हो ।

पहिलोपटक बर्दिवास–३ को बारनचौडीमा भैँसी मर्न थालेपछि जानकारलाई सोध्दा भ्यागुते रोग भएको बताइएकोे सम्बद्ध किसानको भनाइ छ । घ्यारघ्यार गरेर ¥याल काढ्ने अनी टाउको बङ्ग्याएर सुत्ने बेथाले पछिल्ला सात दिनयता यो बस्तीमा १२ वटा भैँसी मरेका स्थानीय किसान तथा सामाजिक कार्यकर्ता देवनारायण महतोले बताउनुभयो ।
हिजोमात्र आफ्नै गोठका दुईवटा भैँसी यस्तै लक्षण देखिने रोगले केही बेरको फरकमा मरेका उहाँको गुनासो थियो ।

बर्दिवाससहितका जिल्लाका उत्तरवर्ती क्षेत्रमा यो रोग बढेपछि किसानमा पिरोलो बढेको छ । बर्दिवास बजारमा पशुसेवा केन्द्र भए पनि नियमित अनुगमन र भ्याक्सिनको व्यवस्था भने हुन नसकेको किसानहरु बताउँछन् । आपूmहरुले नियमित भ्याक्सिनका लागि आग्रह गरे पनि केन्द्रबाट सहयोग पाउन नसकिएको किसान महतोले गुनासो गर्नुभयो ।

यसैबीच जिल्ला पशुसेवा कार्यालयले पशुपालक किसानलाई आ–आफ्नो बस्तीमा पशुपालक कृषक समूहमा सङ्गठित हुन आग्रह गरेको छ । समूहमा भ्याक्सिनलगायत अन्य नियमित पशु स्वास्थ्य जाँच र पोषिलो घाँसको बीउसमेत मौसमअनुसार वितरण गर्दै आएको कार्यालयले जनाएको छ । समूहमा आबद्ध नभएका ठाउँमा पनि सेवा केन्द्र र उपकेन्द्रबाट प्राविधिकहरुले किसानको आग्रहमा पशुुको हेरचाह र उपचार सेवा दिइरहेका कार्यालयले स्पष्ट पारेको छ । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका