Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
अस्ट्रियाली राष्ट्रपति पदका लागि निर्वाचनमा मतदान हुँदै – Gaule Khabar

अस्ट्रियाली राष्ट्रपति पदका लागि निर्वाचनमा मतदान हुँदै

अस्ट्रियाली राष्ट्रपति पदका लागि निर्वाचनमा मतदान हुँदै

भियना,मंसिर १९-

 

पश्चिम युरोप भित्रको सानो राष्ट्र अस्ट्रियामा राष्ट्रपति पदका लागि आइतबार निर्वाचन हुँदैछ । मुख्यतः दुईजना उम्मेदवार – दक्षिणपन्थी लोकप्रिय खेमाका र बामपन्थी पट्टि झुकाव रहेका पूर्व राजनीतिक व्यक्तित्वबीच प्रतिस्पर्धा भै रहेको यस निर्वाचनमा अस्ट्रियाली मतदाताहरुले कसलाई चयन गर्ने हुन् मोटामोटी परिणाम चाहिँ आइतबार राति अबेरसम्ममा निश्चित भै सक्ने जनाइएको छ ।

अस्ट्रियामा राज्यशक्तिको सम्पूर्ण अधिकार प्रधानमन्त्रीमा निहित रहने हुँदा राष्ट्रपतिको पद अनुष्ठानिक वा आस्थाको केन्द्र (सेरेमोनियल)को रुपमा मात्र लिइने गरेको छ । तर, युरोपेली संघका अन्य मुलुकहरुमा निकट भविष्यमै हुन गै रहेका आम निर्वाचनमा दक्षिणपन्थी लोकप्रिय खेमाका उम्मेदवारहरुको भविष्य आङकलन गर्ने कडीको रुपमा यस निर्वाचनलाई लिइएकाले समग्र युरोपका राजनीतिज्ञहरुले उत्सुकतावश आँखा लगाएका छन्।

दक्षिणपन्थी लोकप्रिय खेमाः ग्रीन्स पार्टीका पूर्वनेता अलेक्ज्यान्डर भ्यान डर बेलेन र युरोपमा शरणार्थी वा आप्रवासीलाई प्रदान गरिने सहुलियतको बिरोधकर्ता एवम् युरोपेली संघकै बिरोधी फ्रिडम पार्टीका लोकप्रिय नेता नोर्बर्ट होफरकाबीच हुन गै रहेको प्रतिस्पर्धामा अस्ट्रियाका बहुसंख्यक जनताहरुले ग्रीन्स पार्टीका अलेक्ज्यान्डरले फ्रिडम पार्टीका होफरलाई विजयी हुन नदिउन् भन्ने चाहना राखेका जनाइएको छ ।

स्थानीय समयानुसार बिहान सात बजेदेखि नै धेरैजसो मतदान केन्द्रहरु खुलिसकेका छन् र मतदान गरिसक्नुपर्ने अन्तिम समय बेलुका पाँचबजेसम्म तोकिएको छ ।

मतदानको प्रारम्भिक परिणाम आजै राति अबेरसम्ममा बाहिर आउने अनुमान गरिएको तथा खस्न बाँकि रहेका मतपत्रहरु (एब्सेन्टी ब्यालट्स) को हरहिसाब र खसेका मतपत्रहरुको पूर्ण गणनापश्चात् सोमबारसम्म औपचारिक घोषणा हुने जनाइएको छ ।- रासस÷एपी

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका