Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
अस्पताल निर्माण गर्न चितवनको दारेचोकमा महायज्ञ गरिने – Gaule Khabar

अस्पताल निर्माण गर्न चितवनको दारेचोकमा महायज्ञ गरिने

अस्पताल निर्माण गर्न चितवनको दारेचोकमा महायज्ञ गरिने

चितवन,मंसिर १७-

चितवनको दारेचोकमा सुविधा सम्पन्न अस्पताल निर्माण गर्न सप्ताहव्यापी महायज्ञ हुने भएको छ । महायज्ञ गर्नका लागी बिहिबार दारेचोक ३ मा वृहत छलफल गरिएको छ । छलफलमा पण्डित दिनबन्दु पोखरेलको समेत उपस्थिति रहेको थियो ।

स्टेप नेपालले आयोजनामा गरेको बृहत छलफलमा वाचन प्रविण पण्डित दिनबन्दु पोखरेलले अस्पताल निर्माण लागि आफुले धेरै आर्थिक संकलनकोलागी पहल गर्ने वताउनु भयो । बुवा नारायण पोखरेलको पनि मुग्लिन मलेखु सडक खण्डको हाईवेमा अस्पताल बनाउने लक्ष्य रहेको स्मरण गर्दै उहांले वुवाको लक्ष्य साकार गर्न काम गर्ने अवसर जुटाइदिएकोमा आयोजक प्रति धन्यवाद दिनुभयो ।

पण्डित पोखरेलले जनतालाई शिक्षा सुरक्षा र स्वास्थ्यबाट सहज पहँुचमा लैजाने राज्यको काम भए पनि संक्रमणकालिन अवस्थामा राज्यको मुख ताक्नु नहुने बताउनु भयो । उहांले विकास निर्माणमा आफ्नो स्तरबाटै अघि बढ्नु पर्ने र अस्पताल निर्माणको काम नेपालकै नमुना हुने बताउनुभयो ।

15282056_1255447911178584_10645528_n

सो छलफल कार्यक्रममा स्टेप नेपालका अध्यक्ष राम बहादुर लामाले हाईवेमा दिनहुँ हुने दुर्घटना र पाहाडी गाविसका नागरिकलाई लक्षीत गरि अस्पताल निर्माण गर्न लागिएको वताउनु भयो । सरकार र विभिन्न दातृ संस्था सबैलाई गुहारे पनि कसैबाट चासो नपरेपछि आफै अस्पताल निर्माणको प्रयासमा जुटेको बताउनुभयो । समुदाय स्तरबाट समिति गठन भई अस्पताल संचालन गर्ने उहाँले जानकारी दिनुभयो । छलफलमा सहभागिहरुले हाईवेमा सुविधासम्पन्न अस्पताल अनिवार्य रहेको भन्दै सबै एक साथ मिलेर कार्यक्रम सफल बनाउने प्रतिवद्धता जनाएका छन । उनिहरुले सबैले अपनत्व गर्न सकिने गरि काम गर्नु पर्ने सुझाव दएका थिए । महायज्ञ संचालनका लागी ५१ जना पदाधिकारी सहित एक हजार १ जनाको महायज्ञ मुलसमारोह समिति गठन गरिने आयोजकले जनाएको छ ।

चितवन, धादिङ, तनहुँ र गोरखा गरि चार जिल्लालाई समेटिएर माहायोग्य समिति गठन गरिने वताइएको छ । करिब १५ करोड संकलन गर्ने लक्ष्य लिइएको महायज्ञ फागुन २४ गतेबाट सुरु हुने छ । चितवनको नारायणगढ–फिस्लिङ सडक अति दुर्घटनाग्रस्त क्षेत्रमा पर्दछ । यहाँका ३८ स्थान दुर्घटनाको उच्च जोखिममा रहेको चितवन प्रहरीले जनाएको छ । दारेचोकमा सुविधा सम्पन्न अस्पताल वने आकस्मिक उपचारका लागि सहज हुनेछ । दुर्घटना पश्चात घाईतेहरुलाई भरतपुर , काठमाडौ लैजादैँ गर्दा बाटैमा धेरैले ज्यान गुमाउने गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका