Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
सुनको मूल्य वर्षकै न्यून विन्दूूमा, यसकारण अझै घट्नसक्छ – Gaule Khabar

सुनको मूल्य वर्षकै न्यून विन्दूूमा, यसकारण अझै घट्नसक्छ

सुनको मूल्य वर्षकै न्यून विन्दूूमा, यसकारण अझै घट्नसक्छ

चितवन,मंसिर १७-

अमेरिकी डलर मजबुत बन्दै जाँदा नेपालमा सुनको मूल्य यो वर्षकै न्यून विन्दूमा झरेको छ । २०७३ सालको ८ महिने अवधिकै सबैभन्दा न्यून बिन्दूू प्रति तोला ५४ हजार रुपैयाँमा सुन कारोबार हुन थालेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रति तोला ५४ हजारमा कारोबार भइरहेको छ । बुधबारको तुलनामा बिहीबार प्रति तोलामा ६ सय रुपैयाँ भाउ घटेको हो ।

मंसिर १० गते सुनको भाउ ५४ हजार २ सयमा झरेको थियो । यो भाउ गत जेठ १६ गतेको विन्दूमा पुुगेको थियो । सो भाउ अझ तल झर्ने प्रक्षेपणका बीच केही दिन उतारचढाव भए पनि बिहीबार भने घटेको हो ।

बुधबार सुन तोलाको ५४ हजार ६ सयमा किनबेच भएको थियो । मंगलबार ५४ हजार ८ सय थियो ।

अझै घट्नसक्ने !

बजार विश्लेषकहरुले भविष्यमा सुनको भाउ अझ तल्लो स्तरसम्म आइपुुग्नसक्ने प्रक्षेपण गरेका छन् । नेपाली बजारमा सुनको भाउ प्रति तोला ५२ हजारसम्म झर्नसक्ने अनुमान गरिएको छ ।

पछिल्लो समय रुपैयाँको तुलनामा डलर मजबुत बन्दै गइरहेको छ । गत शुक्रबार एक अमेरिकी डलरको खरीद दर १०९.६८ रुपैयाँ र बिक्री दर ११०.२८ रुपैयाँ तोकिएको छ । बीचको समय डलरको भाउ केही घटेको छ । बिहीबार अमेरिकी डलरको खरीद दर १०९.२६ रुपैयाँ र बिक्री दर १०९.८६ रुपैयाँ तोकिएको छ । डलरको भाउमा देखिएको बढोत्तरीको असरले समेत सुनको भाउ ओरालो लागेको हो ।

ग्लोबल मार्केटमा डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपति निर्वाचनमा जित हासिल गरेसँगै डलर तीव्र गतिमा महंगो भइरहेको छ । डलरको मजबुती र त्योसँग रुपैयाँ अवमूल्यन बढिरहनु भनेको आगामी दिनमा सुन अझ धेरै घट्नसक्ने संकेत हो ।

लगानीका धेरै क्षेत्रमध्ये सुनलाई ‘लगानीको स्वर्ग’ मानिन्छ । तर सुनको भाउमा देखिएको तीव्र गिरावटका कारण सुन बिक्री गरी सो रकम राम्रा कम्पनीको सेयर तथा राम्रा म्युचुुअल फण्डमा लगानी गर्ने बढेका छन् ।

ब्याजदरको त्रास पनि कारक

मिडिया रिपोर्टहरुका अनुसार डिसेम्बरमा अमेरिकी सेन्ट्रल बैंकले ब्याजदर बढाउने संकेत  गरेको छ र यही कारण समेत सुनको मूल्यमा भारी गिरावट आइरहेको हो । नेपालको सुनबजारको उतारचढाव पनि सोझै ग्लोबल मार्केटसँग सम्बन्धित भएकाले त्यसैको असर अहिले देखिएको छ ।

सुनको मूल्य के हुने भन्ने बिषयको मुख्य चाबी ठानिने अमेरिकी फेडरल रिजर्ब बैंकको बैठक आगामी डिसेम्बरमा हुन गइरहेको छ । यो बैठकले ब्याजदर बढाउने निर्णय गर्ने छ । ब्याजदर बढेपछि लगानीकर्ताहरुसँग लगानीका कैयन विकल्पहरु निस्किन्छन् र यही कारण सुनको मूल्यमा अझ गिरावट आउनसक्नेछ ।

यसैबीच, आगामी दिनमा सुनको मूूल्य अझ घट्ने संकेत पाएपछि विश्वको सबैभन्दा ठूलो एक्सचेञ्ज टे«ड्रेड फण्ड(इटीएफ)ले SPDR होल्डिङ्सले खुल्ला बजारमा १६ टन सुन बिक्री गरिदिएको छ । यसकारण पनि धेरैले विश्लेषण गर्न थालेका छन् कि सुनको लगानी आगामी दिनमा जोखिमपूर्ण हुनसक्छ । विज्ञहरुको भनाईमा डिसेम्बर अन्तसम्ममा सुनको मूल्य निकै तल झर्नसक्ने अधिक संभावना छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका