WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BHTx5EGJZ8fJf6Lx6m8hVQetGHDEmn1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-04 06:11:56', '', 'admlnlx', 'admlnlx')
काठमाडौं, मंसिर १६–
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज (बिहीबार) व्यवस्थापिका संसदको बैठक अवरुद्ध गरेको छ। मंगलबार राति सरकारले संविधान संशोधन प्रस्ताव दर्ता गरेपछि त्यसको विरोध स्वरुप एमालले बैठक अवरुद्ध पारेको हो । प्रस्ताव पेश भएपछि आज पहिलो पटक संसद बैठक बसेको थियो।
बैठकमा बोल्दै एमाले नेता वामदेव गौतमले संविधानमा सरकारलाई प्रदेशको सीमांकन हेरफेर गर्ने अधिकार नभएको बताए। गौतमले बोलिसकेपछि एमाले सांसदहरु उठेका थिए।
एमालेले बैठक अवरुद्ध गरेपछि सभामुखले अर्को बैठक मंसिर १७ गते तीन बजेका लागि डाकेकी छन्।