काठमाडौँमा ३ दिने अहिंसा महोत्सव हुने

काठमाडौँमा ३ दिने अहिंसा महोत्सव हुने

काठमाडौं । नेपाल शाकाहारी संघले आयोजना गर्नेे ‘अहिंसा महोत्सव नेपाल’ (अहिंसा फेस्टिभल नेपाल) को तयारी पूरा भएको छ । महोत्सव नेपाल प्रहरी क्लब प्रदर्शनीमार्ग, भृकुटीमण्डप काठमाडौँमा भदौ १२ गते बिहीवारदेखि भदौ १४ गते शनिबारसम्म (३ दिने) आयोजना हुनेछ ।
’करुणाले जोड्छ’ भन्ने मुल नारासहित सम्पन्न हुन लागेको महोत्सवमा सबैका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । पशुपक्षी प्रेम, मानव स्वास्थ्यको ख्याल गर्ने र पृथ्वी/वातावरणको हितका लागि ‘पूर्ण शाकाहारी’ जीवनशैली प्रवद्र्धनार्थ यो कार्यक्रमको मुख्य उदेश्य बताइएको छ ।
महोत्सवले अहिंसाका मूल्य र शाकाहारी जीवनशैलीमा रुचि राख्ने पशुमुक्ति अभियन्ता, विभिन्न संघसंस्था र समुदायलाई जोड्ने अपेक्षा राखेको छ । कार्यक्रमका प्रमुख आकर्षणमा दिगो जीवन पद्धति, शाकाहारी जीवनशैली र पशु अधिकारसम्बन्धी अन्तरक्रिया रहने नेपाल शाकाहारी संघका अध्यक्ष कृष्ण गुरुङले जानकारी दिए ।
त्यस्तै, कार्यक्रममा भरतनाट्यम नृत्यलगायत साङ्गीतिक प्रस्तुति, योग सत्र, देशविदेशका अभियन्तासँग प्रत्यक्ष भेटघाट र अनुभव आदानप्रदान, शाकाहारी परिकार तथा पकाउने विधिको प्रदर्शन र विशेष रात्रिभोज रहनेछन् । महोत्सवमा पूर्ण शाकाहारी (भिगन) खानाहरूको समेत स्टल रहनेछन् । केहि स्टलमा निःशुल्क रूपमा भिगन खाना चाख्ने स्किमको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
महोत्सवमा ५० हजारभन्दा बढी दर्शकको उपस्थिति रहने आयोजकको अनुमान रहेको छ । त्यस्तै, महोत्सवमा खाना लगायत शाकाहारी उत्पादनका ६० भन्दा बढी कक्ष, ४० भन्दा बढी वक्ता र २० भन्दा बढी सहभागी संस्था रहनेछन् । जसमा अन्तर्राष्ट्रिय वक्ताहरूसमेत रहनेछन् । संघले २०७४ सालमा पनि काठमाडौँमा ३५ भन्दा बढी अन्तर्राष्ट्रिय प्रतिनिधिको सहभागितामा आठौँ एसिया–प्यासिफिक भेजिटेरियन कांग्रेस (एपिभिसी) सफलतापूर्वक आयोजना गरेको थियो ।
शाकाहार र अहिंसा प्रवद्र्धनको क्षेत्रमा शाकाहारी संघ झन्डै दुई दशकयता नेपालभित्र अनेकन् गतिविधिमा क्रियाशील रहेको छ । कार्यक्रमको सह–आयोजकमा काठमाडौँ एनिमल सेभ मुभमेन्ट, समस्त महाजन, श्रीकृष्ण प्रणामी समाज र वल्र्ड भिजन अर्गनाइजेसन रहेका छन् । कार्यक्रम प्रायोजकमा वल्र्ड भिगन भिजन र म्याजिक मार्बल फाउन्डेसन रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ