माओबादी केन्द्र सोलुखुम्बुले पार्टी सुदृढिकरणको लागि विशेष अभियान सन्चालन गर्ने

माओबादी केन्द्र सोलुखुम्बुले पार्टी सुदृढिकरणको लागि विशेष अभियान सन्चालन गर्ने

सोलुखुम्बु । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सोलुखुम्बुले पार्टी सुदृढीकरणका लागि बिशेष अभियान सञ्चालन गर्ने भएकोछ ।

आज (शुक्रबार) सोलुखुम्बु जिल्लाको सदरमुकाम सल्लेरिमा सम्पन्न माओवादी केन्द्र जिल्ला समन्वय समितिको  बैठकले उक्त अभियानका सन्चालन गर्ने निर्णय गरेको हो । जिल्लाको ८ वटै स्थानीय तहहरुमा बैठक गरी सम्मेलनको तयारी गर्नेसंगै मंसिर मसान्तभित्र अनिवार्य रुपमा संगठित सदस्यताको नवीकरण एवं नयाँ संगठित सदस्यता वितरण गरि सक्ने लगायत अन्य विभिन्न निर्णय गरेको जिल्ला समन्वय समिति संयोजक नाम्गेल शेर्पाले बताए ।

अभियान कार्यक्रम नेचासल्यानबाट शुरु गरि लिखुपिकेमा समापन गर्ने निर्णय गारेको शेर्पाले बताए । नेचासल्यान गाउँपालि मंसिर १५ गते, थुलुङ दुधकोशी गाउँपालिका १७ गते, माप्य दुधकोशी गाउँपालिका १९ गते, सोलु दुधकुण्ड नगरपालिका २१ गते, महाकुलुङ गाउँपालिका २३ गते, सोताङ गाउँपालिकामा २४ गते, खुम्बु पासाङल्हामु गाउँपालिकामा २६ गते र लिखुपिके गाउँपालिकामा २६ गते बैठक बोलाउने निर्णय गरेको हो ।

यसैगरी, संघीय सरकार र प्रदेश सरकारबाट प्राप्त बजेट र योजनाहरुको प्रभावकारी कार्यान्वयनका लागि जिल्लाका सम्पूर्ण स्थानीय तहहरु तथा जिल्ला समन्वय समितिसँग रिपोर्ट माग गरी खबरदारी गर्ने निर्णय पनि बैठकले गरेको छ । त्यसका लागि १ नं. प्रदेश कमिटी सदस्य दिल बहादुर नेपाली ‘घनश्याम’ को संयोजकत्वमा सबै पालिका कमिटी अध्यक्ष सदस्य रहने गरी समन्वय समिति गठन गरिएको छ ।

बैठकले जिल्ला पार्टीका गतिविधिहरुलाई प्रभावकारी ढंगले जनसमक्ष पुऱ्याउन भोजराज कार्कीको संयोजकत्वमा विजय तामाङ, अन्जु कार्की, धनबल राई सदस्य रहेको पाँच सदस्यीय प्रचार विभाग गठन गरीएको पनि शेर्पाले बताए ।

बैठक जिल्ला समन्वय समिति सोलुखुम्बुका संयोजक नाम्गेल शेर्पाको अध्यक्षता, नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र) का केन्द्रीय सदस्य एब सोलुखुम्बु जिल्ला इन्चार्ज हेम कुमार राई ‘सुरबीर’को प्रमुख आतिथ्यता, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रीय संदस्य एवं जननिर्वाचित १ नं. प्रदेशसभा सदस्य क. गोम्बु शेर्पा ‘कज्र्याङ’को विशेष आतिथ्यता तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र),१ नं. प्रदेश समितिका सह-सचिब सागर किराँती तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), जिल्ला समन्वय समितिका सह-इन्चार्ज तथा थुलुङ दुधकोशी गाउँपालिकाका अध्यक्ष असिम राई, माप्य दुधकोशि गाउँपालिका उपाध्यक्ष गौरब राई लगायतको उपस्तिथी रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका