माप्य ६ को एकदिने घुम्ती शिबिर सम्पन्न, १०० भन्दा बढीले लिए सेवा

माप्य ६ को एकदिने घुम्ती शिबिर सम्पन्न, १०० भन्दा बढीले लिए सेवा

काठमाडौं । माप्यदुधकोशी गाउँपालिका वडा नम्बर ६ द्वारा आयोजित एकदिने घुम्ती शिबिर सम्पन्न भएको छ ।

माप्य दुधकोशी गाउँपालिका वडा नम्बर ६ को आयोजनामा हाक्कु रेष्टुरेन्ट गोपिकृष्ण सडकमा आज (मंगलबर) उक्त एकदिने शिबिर सन्चालन गरिएको हो ।

उक्त एकदिने घुम्ती शिबिरमा माप्य दुधकोशी गाउँपालिका वडा नम्बर ६ बाट काठमाण्डौ आई बसोबास गर्नुहुने १०० जना भन्दा बढीले सेवा लिएको वडाअध्यक्ष रामप्रसाद मगरले बताए ।

शिबिरमा जन्मदर्ता, बिबाह दर्ता, मृत्यु दर्ता, नाता प्रमाणित, सामाजिक सुरक्षा भत्ता नवीकरण, मालपोत रसिद जस्ता सेवा प्रदान गरिएको वडाअध्यक्ष मगरले बताए ।

शिबिरमा माप्य दुदकोशी गाउँपालिका उपाध्यक्ष गौरब राई, नि. प्रशासकीय प्रमुख जितेन्द्र कुमार यादब लगायत माप्य दुधकोशी गाउँपालिका वडा नम्बर ६ बाट कथामाण्डौ आई बसोबास गर्नुहुने बिभिन्न पेसाब्यवसाय गर्ने ब्यक्तिहरुको बाक्लो उपस्तिथी रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका