पर्खी खालिङको “कराते कहर, सफलता बहार” अमेरिकामा सार्वजनिक

पर्खी खालिङको “कराते कहर, सफलता बहार” अमेरिकामा सार्वजनिक

न्युयोर्क, अमेरिका : मार्शल आर्ट्स (कराते)का चौथो डिग्री ब्ल्याक बेल्ट तथा अन्तर्राष्ट्रिय निर्णायक पर्खी खालिङ राईको जीवनी “कराते कहर, सफलता बहार” पुस्तक संयुक्त राज्य आमेरिकाको न्युयोर्कमा सार्वजनिक गरिएको छ।

“कराते कहर,सफलता बहार” पुस्तकमा राई सानै हुँदा बाबाको स्वर्गवास भएपछि आइलागेका कठिन परिस्थिति साथै पढाईबाट बन्चित भएर भेँडा गोठमा अति नै संघर्षमय बाल्यकाल बिताएका देखि हाल प्राप्त भएको अपार सफलताको यथार्थ समेटिएको छ । जसलाई राईको आफ्नै भाई मानवीर खालिङले लेखेका हुन भने डा. लाल श्यॅाकारेलु रापचाले सम्पादन गरेका हुन् ।

पर्खी खालिङ राई हाल अमेरिकी कराते महासंघ अन्तर्गत अन्तर्राष्ट्रीय खेलाडी छनोटका निर्णायकको रूपमा छन् । उनी संयुक्त राज्य अमेरीकाको विभिन्न राज्यमा निर्णायकको रूपमा कार्यभार सम्हाली सकेका छन् भने संयुक्त राज्य अमेरिका बाहेक अन्य विभिन्न देशमा पनि निर्णायकको भूमिका निभाई रहेका छन्। उनले आफैले सन्चालन गरेका इन्टरनेशनल मार्शल आर्ट्स एशोसिएसन न्युयोर्कमा आफैले प्रशिक्षण समेत दिँदै आएका छन्। संयुक्त राज्य अमेरीकामा नेपालीद्वारा संचालित यो नै पहिलो मार्शल आर्ट्स् एशोसिएसन हो।

हाल उनले दैनिक ७० देखी ८० जना प्रशिक्षार्थीहरूलाई प्रशिक्षण दिइरहेका छन्। उनका प्रशिक्षार्थी मध्यकी केलसाङ लामा सन् २०२१ मा पहिलो नेपाली महिला इन्टरनेशनल मार्सल आर्ट्स एसोसिएसन न्यूयोर्कबाट निर्णायक बनेकी थिइन् भने धेरैजना पुरूषहरू अमेरिकी करातेमा निर्णायक तथा प्रशिक्षकको रूपमा काम गरिरहेका छन्।

पुस्तक सार्वजनिक कार्यक्रममा विशेष अतिथिको रूपमा न्युयोर्क मेयर कार्यालयका प्रतिनिधि सुक्रानी धान्पत, नेपाल आदिवासी जनजाती महासंघ अमेरीका (फिप्ना)का-अध्यक्ष तोरण गुरूङ, युक्रा केन्द्रीय उपाध्यक्ष केसवराम राई, युक्रा केन्द्रिय भूतपूर्व अध्यक्ष भूतपूर्वपुर्व महासचिव युक्रा न्युयोर्क च्याप्टर संस्थापक-अध्यक्ष तथा हालका सल्लाहकार प्रभाकर साम्पाङ राई, जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द विष्ट, नेपाली समाज अमेरीकाका अध्यक्ष लोक चेम्जोङ, नेपाली कलाकार संघ नर्थ अमेरीकाकी अध्यक्ष तथा युक्रा न्युयोर्क च्याप्टर बरिष्ठ उपाध्यक्ष वसन्ती राई, लोकप्रिय नृत्य निर्देशक तथा युक्रा न्युयोर्क च्याप्टर सल्लाहकार गोविन्द राई, (AD37A) District Leader छेमाङ दोर्जे लामा, (AD30B) District Leader बिष्णु राणा मगर, New York Assembly District-30 District Direct फुर्साङ डोल्मा, गीतकार पद्मा लिँखा, बृहत्तर सूदुरपश्चिम नेपाली समाज अमेरिका इंक-अध्यक्ष टिबी भण्डारी, शेर्पा किदूगका अध्यक्ष टेम्बा शेर्पा, नेपाल आदिवासि जनजाती महासंघ अमेरिकाका सल्लाहकार कुलदिप राना मगर, हामी नेपाली ग्लोबल न्युयोर्क च्याप्टर-अध्यक्ष बिरेन्द्र जंग केसी र हामी नेपाली ग्लोबल अमेरिका च्याप्टर-अध्यक्ष सोभाकान्त पाण्डे थिए।

त्यस्तै, अतिथिहरुमा नेपाल आदिवासि महासंघ अमेरीकाका महासचिव तथा थारू एन्ड फ्रेण्डस् एशोसिएसनका बरिष्ठ उपाध्यक्ष दिपक चौधरी, नेपाल आदिवासि महासंघ अमेरीकाकी दाजिमा शेर्पा, बरिष्ठ पत्रकार बिके नेवा, हेल्लो अमेरिकाका सम्पादक तथा भिडियो ग्राफर सम्राट कार्की, हामी नेपाली ग्लोबल अमेरिका च्याप्टरका युथ कोअर्डिनेटर लकेश श्रेष्ठ, पार्करमा १८औं पटक गिनिज वर्ल्ड रेकर्ड बुकमा नाम लेखाउन सफल दिनेश सुनार, दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) करातेमा स्वर्ण पदक विजेता अनु अधिकारी थिए।

कार्यक्रमका सभाध्यक्ष मामता खालिङ राई, प्रमूख अतिथि मकर बहादुर खालिङ राई र बिशेष अतिथि तोरण गुरूङले संयुक्त रूपमा पानासमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका