टेक्सास कलेजद्वारा +२ र व्याचलर पढ्ने खालिङ विद्यार्थीलाई पूर्ण तथा आंशिक छात्राबृत्ति दिने

टेक्सास कलेजद्वारा +२ र व्याचलर पढ्ने खालिङ विद्यार्थीलाई पूर्ण तथा आंशिक छात्राबृत्ति दिने

काठमाडौं । काठमाडौंको मित्रपार्कमा अवस्थित टेक्सास इन्टरनेशनल कलेजले खालिङ समुदायका विद्यार्थीहरुका लागि पूर्ण तथा आंशिक छात्राबृत्ति उपलब्ध गराउने भएको छ । छात्रबृत्तिका लागि किरात खालिङ राई उत्थान संघले सोमबार कलेजसँग औपचारिक रुपमा सम्झौता गरेको हो ।

+२ तथा व्याचलर अध्ययन गर्ने खालिङ समुदायका विद्यार्थीहरुलाई पूर्ण तथा आंशिक छात्रबृत्ति उपलब्ध गराउँनका लागि गरिएको दुई पक्षीय सम्झौता पत्रमा खालिङ संस्थाको तर्फबाट अध्यक्ष बलबहादुर खालिङ र टेक्सास इन्टरनेशनल कलेजको तर्फबाट कलेजका विजनेश डेभलपमेन्ट डाइरेक्टर नारायण पोखरेलले हस्ताक्षर गर्नुभएको छ ।

सम्झौताअनुसार उत्कृष्ट जीपीए ल्याउने तथा आर्थिक विपन्न भएका खालिङ समुदायका विद्यार्थीहरुलाई प्राथमिकतामा राखेर छात्रबृत्ति दिइने छ । कलेजले खालिङ संस्थाको सिफारिसको आधारमा +२ अध्ययनका लागि २ जना र ब्याचलर अध्ययनका लागि १ जना गरी जम्मा ३ जनालाई पूर्ण छात्रबृत्ति उपलब्ध गराउने छ । त्यस्तै कम्तिमा १० जनालाई आंशिक छात्रबृत्ति उपलब्ध गराइने छ ।

खालिङ संस्थाले टेक्सास कलेजको बारेमा विभिन्न माध्यमबाट प्रचारप्रसार गर्ने, कलेजको प्रचारमूलक सामाग्री विभिन्न तहमा अध्ययनरत विद्यार्थीहरुलार्य वितरण गर्ने तथा संस्थाले लक्षित वर्गको विद्यार्थीहरुका लागि वार्षिक रुपमा आयोजना गर्ने शैक्षिक अभिमूखीकरण कार्यक्रममा कलेजलाई स्वतः प्रायोजकको राख्नेलगायतको बुदासमेत दुई पक्षीय सम्झौता पत्रमा उल्लेख गरिएको छ ।

त्यस्तै संस्थालाई आवश्यक पर्दा कलेजको हल तथा अन्य स्रोतहरु उपयोग गर्न सक्ने पनि सम्झौता पत्रमा छ ।

किरात खालिङ राई उत्थान संघ, जिल्ला कार्यसमिति काठमाडौंका अध्यक्ष विष्णु खालिङका अनुसार टेक्सास इन्टरनेशनल कलेजको विशेष सहयोगमा संस्थाले गत हप्तामात्रै शैक्षिक अभिमूखीकरण तथा करियर काउन्सिलिङ सम्बन्धी कार्यक्रम आयोजना गरेको थियो । र, त्यही कार्यक्रमपश्चात थप सहकार्य गर्ने वातावरण निर्माण भएको हो ।

यो छात्रबृत्ति उपलब्ध गराउनका लागि खालिङ संस्थाको केन्द्र र काठमाडौं जिल्ला कार्यसमितिको समन्वयमा एक सिफारिस समिति बनाएर निश्चित मापदण्डको आधारमा प्रक्रिया अघि बढाउने संस्थाका अध्यक्ष बलबहादुर खालिङको भनाइ छ ।

सम्झौता हस्ताक्षर कार्यक्रमममा खालिङ संस्थाका केन्द्रीय उपाध्यक्ष आसपुर्ण खालिङ, कार्यबाहक महासचिव नीर कुमार खालिङ, काठमाडौं जिल्ला अध्यक्ष बिष्णु खालिङलगायतको उपस्तिथि रहेको थियो ।

शिक्षा तथा व्यावसायिक क्षेत्रमा लामो अनुभव संगालेका तथा क्षमतावान् व्यक्तिहरुको समूह आबद्ध रहेको टेक्सासले मन्टेश्वरीदेखि प्लस टु तथा उच्च शिक्षासम्मको अध्यापन गराँदै आएको छ ।

राष्ट्रिय परीक्षा बोर्डको सम्वन्धनमा प्लसटुमा विज्ञान, व्यवस्थापन, मानविकी र कानुन सङ्कायमा उत्कृष्ट शैक्षिक कार्यक्रमहरु सञ्चालन गरिरहेको छ भने प्लसटुतर्फ कलेजले साइन्स, म्यानेजमेन्ट, हुमानिटिज र ल को पढाउँछ ।

काठमाडौंको रिङरोड चावहिलस्थित मित्रपार्कमा टेक्सास इन्टरनेशनल कलेज र सिफलमा टेक्सास कलेज अफ म्यानेजमेन्ट एण्ड आइटी सञ्चालनमा छ । स्वदेशमै अन्तर्राष्ट्रियस्तरको शिक्षा लिन चाहने विद्यार्थीहरु कलेजमा आकर्षित हुने गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका