आदिबासी जनजाती र मातृभाषा शिक्षणकाे आवश्यक्ता र ओैचित्यता:

आदिबासी जनजाती र मातृभाषा शिक्षणकाे आवश्यक्ता र ओैचित्यता:

मनुहाङ किराँती “साेलु”

नेपाल बहुलजातीय, बहुल भाषिक, बहुल साँस्कृतिक देश तथा राष्ट्र हाे । नेपालमा आदिबासी जनजाति तथा मूलबासीकाे  ईतिहास त्यसै पनि ऐतिहासिक छ । विविध कालखण्डहरु पार गरेर आएकाे समय, परिस्थिति, राजनीतिक परिवर्तन, राजा, महाराजा सेनापति देखि लिएर हालका मन्त्री सम्म तर फरक रङगमा त्यही वस्तुस्थितिकाे रुपान्तरण भयाे र छ दुरुस्तै रङ फरकमा । जब माओवादी जनयुद्धमा १७ हजार भन्दा बढी वीर, वीरङगनाहरुकाे रगतले साँटेर ल्याएकाे परिवर्तनमा सिर्फ पहिचान र भाषा आएकाे छ । कयाै शहीदहरुकाे  रगतकाे मूल्य आज याे समय सम्म आईपुग्दा पनि हामी मूलबासीहरुले बुझिरहेका छैनाैँ । भाषावेत्ताहरुका अनुसार नेपालमा जीवित मातृभाषाकाे संख्या १४० भाषाकाे अनुमान गरिएकाे छ । तर खै? बाह्राै जनगणनाले १२४ भाषा मात्र देखायाै । राष्ट्रपति समक्ष पेश भई पारित भएर नेपालमा जीवित मातृभाषाकाे संख्या १३१ वटा भनी पढियाे आज खै ती मातृभाषा?

२०५२/५३ बाट २०६२/६३ साल सम्मकाे १० वर्षे माओवादी जनयुद्धले ल्याएकाे उपलब्धी बुझेकाे खै नेपाली जनताले?विशेष गरेर याे देशकाे मूलबासी जाति भनिएकाहरुले आज सदियाै युग पछि फेरि अर्काे युगकाे रुपान्तरण भएकाे महसुस खासै मैले पाईनँ।

त्यही रुपान्तरणकाे उपलब्धी हाे आज नेपाली भाषा बाहेक मातृभाषाकाे पाठ्यपुस्तक आधारभूत तह सम्म अध्ययन , अध्ययपन गर्न पाउने प्रावधान भएकाे सँगै

स्थानीय आवश्यक्ता,स्थानीय विषयवस्तु,स्थानीयस्तरकाे सहभागीता र स्थानीयविज्ञताकाे आधारमा प्रत्येक बाहूल्यता मातृभाषिक क्षेत्रमा पठनपाठन गर्ने अधिकार हामीलाई दिईएकाे छ। कानुनत: नेपालकाे संविधानले माैलिक हक अन्तर्गत धारा ३१ काे उपधारा ५ मा व्यवस्था गरे अनुसार आफ्नै मातृभाषामा आधारभूत तहसम्मकाे शिक्षा लिन पाउने र स्कुल खाेल्न ,स्थापना गर्न पाउने व्यवस्था समेत गरेकाे छ।तर आज सम्म यसप्रति स्थानीय जनप्रतिनिधि लगायत ,स्थानीय बुद्धिजीवि,समाजसेवी,शिक्षाप्रेमीहरुकाे सहभागीता र सकारात्मक विचार देख्दिनँ मैले।अझ भनाै शिक्षाक्षेत्रका जिम्मेवार व्यक्तित्वहरु नै यसप्रति अनविज्ञ रहेकाे अनुमान गर्छु म।

राष्ट्रिय पाठ्यक्रम प्रारुप २०६२ बाट मातृभाषाकाे विषयमा हरप्रयास हुँदै आएपनि स्थानीयस्तरबाट सही विचार र सहभागीता भएकाे कमै छ ।आज हामी विद्यलयमा पढने,बाेल्ने र लेख्ने गरेकाे खुद नेपालकाे राष्ट्रिय भाषा त वि. सं. २०१४ सालमा लक्ष्मीप्रसाद देवकाेटा शिक्षामन्त्री हुदा याे भाषाकाे अनिवार्यता विद्यालय र अन्य कार्यक्षेत्रमा समेत व्यवस्था गरि वि.सं.२०१५ सालबाट लागू भएकाे हाे यसरी कुनै समय आज हामीले बाेल्ने,लेख्ने र पढने भाषा त नेपालमा कमैले प्रयाेग गर्थ्याे भने आज हामीले हाम्राे आफ्नै मातृभाषालाई पढन अरुलाई समेत सिकाउन हिचकिच गरेकाे देख्छु।आज हामीले सहजै बाेल्ने नेपाली भाषालाई सर्वप्रथम नेपालकाे संविधान २०४७ ले व्यवस्था गरेकाे थियाे।जुन हामी आज नेपालभित्र मात्र हाेईन नेपाल बाहेकका मुलुकहरुमा समेत गैरनेपालीहरुले बाेल्ने गरेकाे छ। आज आफ्नै मातृभाषामा प्राथमिक तहसम्म शिक्षा दिन र लिन पाउने व्यवस्था नेपालकाे संविधान २०४७ ले व्यवस्था गरे छ। याे भन्दा अगाडि अँग्रेजीमा मात्र पढन पाउने व्यवस्था थियाे।याे सँगै राष्ट्रिय शिक्षा आयाेगकाे प्रतिवेदन २०४९ ले सर्वप्रथम आफ्नै नेपाली तथा मातृभाषामा पढ्न पाउने सिफारिस ग-याे। यसले प्राथमिक शिक्षा २०४९ ले मातृभाषाकाे विषयमा १०० पूर्णाङककाे साप्ताहिक  पाठ्यघण्टाकाे स्वीकृत गरे र पहिलाेपटक समावेश समेत गरेर आज हामी यहाँ सम्म छाैँ।

ती सबै प्रयास र अभ्यासलाई भूलेर आज त्याे व्यवस्थाप्रति वेवास्ता गरिरहेका छाैँ र भनिरहेका छाैँ लाज पचाएर ।स्कुलमा हाम्राे मातृभाषा पढेर के काम? कस्ले बुझ्छ याे भाषालाई बरु सर म्यामहरुले हाम्राे छाेराछाेरीलाई राम्राे सँग अँग्रेजी सिकाईदेऊ,नेपाली भाषा सिकाईदेऊ ,आफू नमरे सम्म हाम्राे भाषालाई कल्ले मार्छ? फेरि मातृभाषा(जस्तै: खालिङ,कुलुङ,चाम्लिङ,बान्तावा,गुरुङ,शेर्पा,तामाङ,थुलुङ,साम्पाङ…)बाेलेर कामै नपाईने,विदेश जान नपाईने,नेपालमा जागिर नपाईने यी यावत कुरा हामी पढे,लेखेका अभिभावकहरुले नै भनिरहेका छाैँ।मलाई अचम्म लाग्छ पैसा खर्च गरेर काेरियन भाषा पढन मिल्ने,चाईनिज पढन मिल्ने,अरबी,ऊर्दू,जापानिज पढन मिल्ने,तर हामी हाम्रै भाषा चाहिँ पढन नमिल्ने?!

हामी हाम्रै भाषालाई पनि त्याे हामीले पैसा तिरेर महिनाै,वर्षाै समय लगाएर अरुकाे भाषा सिके जसरी ध्यान दिएर पढाैँन,अरुलाई पनि सिकाऊ,हामीले उनिहरुकाे भाषामा पैसा तिरे जसरी उनिहरु पनि पैसा तिरेर हाम्राे भाषा सिकुन अनि अवश्य काम,जागिर,मान ,सम्मान पाउछ।तर अरुकाे भाषा पटक्कै नसिक भनेकाे हाेईन हामी हाम्राे भाषालाई पनि ,राष्ट्रिय ,अन्तराष्ट्रियकरण गराै हाम्राे भाषामा पनि काम ,जागिर अवश्य अवसर मिल्ने छ।हाम्राे भाषालाई कल्ले बुझ्छ? भन्नेहरुका लागि म भन्न चाहन्छु के तपाईँकाे भाषा अरुले बुझ्दैन/जान्दैन? हाे त्यहि भएर हामीले नै सिकाउने हाे हाम्राे भाषा अनि भाषा ,पहिचान सँगै आफू पनि स्थापति हुने हाे बाँच्ने हाे। त्यै भएर अरुले हाम्राे भाषा नबुझेर समस्या भएकाे छ ।त्यै भएर बुझाउने समय आएकाे छ।हामीले बुझाउने हाे सिकाउने हाे।

आजकाे समयमा स्थानीय पाठ्यक्रम निर्माण र कार्यान्वयन गर्ने सम्बन्धमा वि.सं. २०६१-२०६६ सम्ममा कक्षा १-५ सम्म जम्म १० जिल्लाकाे ५० विद्यालयमा परीक्षण गरियाे र याे लगतै कक्षा ६-८ काे लागि पनि २०६९ देखि साप्ताहिक ५ पाठ्याभार र १०० पूर्णाङककाे मातृभाषाकाे विषयकाे लागि मार्गदर्शन तयार भयाे र २०७१ सालदेखि यता आधारभूत तहमा मातृभाषाकाे विषय लागू हुने गरि कार्यक्रम स्वीकृत भई हाल नेपालमा राष्ट्रिय(नेपाली)भाषा बाहेक संस्कृत लगायत जम्मा २७ मातृभाषामा पठन हुने गरि पाठ्यक्रम लागू भईसकेकाे अवगत छ।जस्मध्ये खालिङ भाषा कक्षा ५ सम्म

चाम्लिङ भाषा कक्षा  ५ सम्म ,बान्तावा भाषा  कक्षा ५ सम्म,नेपालमा लिम्बू भाषा भाषा कक्षा ६ सम्म(तर भारतमा ऐच्छिक विषयमा कक्षा  १२ सम्म) मगरात भाषा कक्षा ६ सम्म,र कुलुङ भाषा कक्षा ८ सम्म(२०८१सालबाट)लागू भईसकेकाे छ।

यसलाई निरन्तरता दिनका लागि स्थानीय सरकार,स्थानीय विज्ञ,सहभागीता र अभिभावकाे सही मार्गनिर्देशनकाे आवश्यकता रहेकाे छ।यसका विषयमा थाेरै महत्व र चुनाैतीलाई बुदागत रुपमा हेराैँ।

मातृभाषा शिक्षणका महत्व तथा विशेषताहरु:

१ पहिचान, लिपि, भाषाकाे संरक्षण हुने

२ भाषिक सीप विकास हुने

३ स्थानीय आवश्यकता पूर्ति हुने

४ सिकारुहरु बाेल्नलाई अप्ठेरा नहुने

५ मातृभाषा हुनाले अरु पनि सजिलै र छिटाे सिकिने

६ स्थानीय विज्ञाहरुकाे खाेजी भई सुरक्षा हुने

७ मातृभाषालाई राष्ट्रिय अन्तराष्ट्रियकरण गर्न सकिनेko

चुनाैहरु:

१ सबैले सबैकाे मातृभाषालाई बुझ्न नसक्नु

२ सबै शिक्षक विज्ञ नहुनु

३ विज्ञाताहरु भेट्न मुस्किल हुनु

४ सबै आवश्यकतालाई समेट्न नसक्नु

५ पाठ्यक्रम/पाठ्यपुस्तक निर्माण गर्न गाराे हुनु

६ सबैले सकारात्मक नलिनु

७ शब्दकाेशकाे अभाव

८ भाषिक व्याकरणकाे कमी

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका