माप्य दुधकोशी गाउँपालिका शिक्षा समितिको बैठक सम्पन्न, के-के भयो निर्णय

माप्य दुधकोशी गाउँपालिका शिक्षा समितिको बैठक सम्पन्न, के-के भयो निर्णय

सोलुखुम्बु । माप्य दुधकोशी गाउँपालिका शिक्षा समितिको बैठक सम्पन्न भएको छ ।

गाउँपालिकाको सभाहल खास्तापमा सोमबार सम्पन्न शिक्षा समितिको बैठकले ‘मेरो रोजाइ, मेरो सिकाई’ कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।

बैठकले देशका उत्कृष्ट विद्यालयहरुले शैक्षिक उन्नयनका लागि अबलम्बन गरेको तरिका र शिक्षण बिधिलाई भित्र्याएर पालिका भित्रका विद्यालयहरुमा गुणस्तरीय शिक्षा प्रदान गर्न पौष महिनाको अन्तिममा शैक्षिक भ्रमण गर्ने निर्णय पनि गरेको छ । देशकै नमुना बनेका विद्यालयहरुको अवलोकनका लागि हुने शैक्षिक भ्रमणमा जनप्रतिनिधि र शिक्षकहरु सहभागी हुने बताईएको छ ।

विद्यार्थीहरुलाई क्षमता अभिबृद्दि तालिम नि:शुल्क प्रदान गर्ने,कक्षा १ देखि ५ सम्मका सबै बिद्यालयहरुमा शैक्षिक सामाग्री बितरण गर्ने,बाल बिबाह न्यूनीकरण लागि बिद्यालयका किशोरकिशोरी लक्षित कार्यक्रम संचालन गर्ने र राष्ट्रपति रनिङ्गशील प्रतियोगिता पौष महिनाको १३,१४र १५ गते सम्पन्न गर्ने निर्णय गरेको समितिले जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका