माप्यमा सन्चालित निशुल्क मोतिबिन्दु छनोट शिविर सम्पन्न

२३ जना मोतिबिन्दु बिरामी छानिए

माप्यमा सन्चालित निशुल्क मोतिबिन्दु छनोट शिविर सम्पन्न

सोलुखुम्बु । माप्यदुधकोशी गाउँपालिकामा सन्चालन भएको निशुल्क मोतिविन्दु छनौट शिविर सम्पन्न भएको छ ।

सोमबार ८ गते प्राथमिक अस्पताल माप्यदुधकोशी ३ खास्तावबाट शुरु भएको मोतिबिन्दु छनोट कार्यक्रम ९ गते कोफु स्वथ्य चौकी हुँदै आज माप्यदुधकोशी ६ वाकु स्वास्थ्य चौकिमा सम्पन्न भएको हो ।

तीन स्थानमा सन्चालन गरिएको शिविरमा ५५० जनाले आँखा परिक्षण गराएका जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लुका आँखा कार्यकर्ता दिनेश राईले जानकारी दिए । खास्तावमा ८, कोफुमा ४ जना र वाकुको शिविरबाट ११ जना गरी २३ जना मोतिबिन्दुका बिरामी छनोट गरिएको राईले बताए ।

जिल्ला सामुदायिक आँखा केन्द फाप्लुले तिलगंगा आँखा प्रतिस्ठान काठमाण्डौँको सहकार्यमा खुम्बु पासाङ ल्हामु गाउँपालिका बाहेकका सबै नर पालिका र गाउँपालिकाहरुमा निःशुल्क मोतिविन्दु छनौट शिविर सञ्चालन गरिरहेको छ ।

उक्त शिविरबाट छनौट भएका मोतिविन्दुका बिरामीहरुको आँखा असोज २८ र २९ गते फाप्लुमा सशुल्क अप्रेशन गरिने आँखा केन्द्र प्रमुख विधान ताम्राकारले बताए ।

माप्यदुधकोशीको शिविरबाट छनौट भएका मोतिविन्दुका बिरामीहरुलाई शल्यकृयाका लागि फाप्लुसम्म आउने–जाने यातयात खर्च गाउँपालिकाले बेहोर्ने माप्यदुधकोशी गाउँअपालिकाले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका