सदरमुकामहुँदै सगरमाथा जोडिने सडक कालोपत्रेको शिलन्यास सम्पन्न

सदरमुकामहुँदै सगरमाथा जोडिने सडक कालोपत्रेको शिलन्यास सम्पन्न

सोलुखुम्बु । सदरमुकामबाट सगरमाथा क्षेत्र जोड्ने सडक कालोपत्रेको शिलान्यास सम्पन्न भएको छ ।

संघीय सरकारको ४० करोड ९० लाख ८४ हजार ९ सय ३८ रुपैयाँको लागतमा सुरु हुन लागेको सडक कालोपत्रेको आज शुक्रबार प्रतिनिधिसभा सदस्य मानबीर राई, प्रदेशसभा सदस्य बुद्धि कुमार राजभण्डारी र माप्यदुधकोशी गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले संयुक्तरुपमा शिलान्यास गरेका छन ।
सल्लेरी, सिल्गुडीडाँडा, माप्य दुधकोशी गाउँपालिका काँकु, बासा, ओर्लाङघाट, जुभिङ, खरिखोला, लुक्ला, खुम्बु सडक अन्तरगत पहिलो चरणमा करिब १५ किलो मिटर सडक कालोपत्रे हुने जनाईएको छ । जस अन्तरगत करिब ७ किलोमिटर सडक सोलुदुधकुण्ड नगरपालिका क्षेत्रमा पर्ने र बाँकी ८ किलोमिटर सडक माप्यदुधकोशी गाउँपालिका क्षेत्रमा पर्ने आयोजनाले जनाएको छ ।

शिलान्यास कार्यक्रममालाई सम्बोधन गर्दै सोलुखुम्बु जिलाका प्रतिनिधिसभा सदस्य मानबीर राईले सदरमुकामबाट सुरु भएको खुम्बु जोड्ने सडक कालोपत्रेले पर्यटनको क्षेत्रमा महत्वपुर्ण भुमिका रहेको दाबी गरे । यस चरणमा १५ किलोमिटर मात्रै कालोपत्रे हुने भएकाले उक्त सडकलाई चाँडो खुम्बुको चौरीखर्कसम्म विस्तार गरी कालोपत्रे गरिनुपर्नेमा उनले जोड दिए । प्रदेशसभा सदस्य तथा कोशी प्रदेशका पुर्व सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारीले विकासमा राजनिति घातक हुने दाबी गरे ।

माप्यदुधकोशी गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले सगरमाथा क्षेत्र जोड्ने लाईफलाईन सडकको कालोपत्रेले पर्यटन पर्वद्धनमा ठुलो टेवा पुग्ने विश्वास व्यक्त गरे । विकासका लागि सबै स्थानीय सरकारसँग समन्वय गर्न माप्यदुधकोशी गाउँपालिका तयार रहेकाले जनतामुखी विकास भएको खण्डमा मात्रै समृद्धि हासिल गर्न सकिने भएकाले यसमा जिल्लाका सबै स्थानीय सरकार प्रमुखहरु एकजुट हुन आवहान गरे ।
यस्तै माप्यदुधकोशी गाउँपालिका उपाध्यक्ष गौरव राईले जिल्लाको विकासमा सबै जनप्रतिनिधि एक भएर अघि बढ्नुपर्ने बताए । विकासमा मतभेद र राजनिति हामी भयो भने जनताले दुःख पाउने भएकाले यसमा सबै सचेत भएर अघि बढ्नुपर्ने उहाँले बताए । कार्यक्रममा माप्यदुधकोशी गाउँपालिकाका वडाध्यक्षहरु, अन्य जनप्रतिनिधिहरु, स्थानीयवासी, सञ्चारकर्मी लगायतको उपस्थिती रहेको थियो ।
उक्त सडक कालोपत्रेको ठेक्का चम्पेश्वर–पिएम निर्माण जेभि ललितपुरले पाएको छ । बहुवर्षीय आचयोजना अन्तरगत पर्ने सो कार्यका लागि निर्माण कम्पनीले २०८३ असार २७ गते सम्मको समय अवधि पाएको छ । तर पहिलो चरणको काम अन्र्तगत १५ किलोमिटर सडकमा सडक चौडा, वाल, नाली निर्माण, ठाउँ ठाउँमा ह्युम पाईप राख्नेसहित कालोपत्रे गर्ने कार्य एक वर्ष भित्र सकिने निर्माण कम्पनीले जनाएको छ । सोही सडक केहि दिन अघि सोलुदुधकुण्ड नगरपालिकाले पनि छुट्टै शिलान्यास गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका