रबिन्द्र प्रताप गुप्ता,
भैरहवा, मंसिर २७–
मुस्लिम समुदायका धर्म गुरु पैगम्बर हजरत मोहम्मदको १४ सय ९ औं जन्मदिन सार्वजनिक विदाको माग गर्दैसोमबार धुमधामका साथ् मनाइएको छ ।
जन्मोत्सवको अवसरमा रुपन्देहीको सदरमुकाम भैरहवामा सोमबार ¥याली सहित विभिन्न कार्यक्रमहरु गरियो । विभिन्न मस्जिद, मदरसा मुस्लिम संघ संगठन, धार्मिक संघ संस्था तथा मुस्लिम अगुवाहरुकोे आयोजनामा सुरु भएको र्याली नारायण पथ, बुद्ध चोक, देवकोटा चोक, बैक रोड, हुदै आ–आफनो परिसरमा सभा गरी सकिएको थियो । र्यालीमा सिद्धार्थनगर नगरपालिका भित्रको दोगहरा, गल्लामण्डी, पक्लिहवा, खजहना, खजुरिया, कठौतिया, बहडिलिया, उदयपुर, गोलिगढ, भैरहवा बजारलगायत चैनपुर, बसन्तपुर, बेनिपुरका हजारौँ मुस्लिम समुदायको विभिन्न रंगी बिरंगी प्लेकार्ड र झण्डा सहितको सहभागिता रहेको थियो ।
नेपाल सरकारले मोहम्मद जयन्तीमा सार्वजनिक विदा दिने भनी लिखित सम्झौता गरेपनि हालसम्म विदा नदिएको जनाउँदै सरकारले सहमति सम्झौतालाई पालना नगरेको मुस्लिम अगुवाहरुले आरोप लगाए । सरकार र मुस्लिम गठबन्धन बीच चार वर्ष अघि २०६९ सालमा भएको १० बुँदे सम्झौताको बुँदा नम्बर ९ मा मोहम्मद जयन्तीमा सार्वजनिक विदा दिने भनि प्रष्ट रुपमा उल्लेख गरिएको छ । सम्झौता भएको ४ बर्ष वितिसक्दा पनि कार्यान्वयन नभएकोले मुस्लिम समुदाय आक्रोसित भएको मुस्लिम वेलफेयर सोसाइटीका सचिव अकिल अहमद खाँनले बताए । “सरकारले विदा घोषण नगर्दा आज यस्तो महत्वपूर्ण दिनमा पनि हाम्रो समुदायका कर्मचारी, विद्यार्थीहरु कार्यालय र विद्यालयमा हाजिर हुनुपर्ने बाध्यता छ” खाँनले भने ।
हजरत मोहम्मदको जन्म इस्लामी पात्रो हिजरी सम्वतको रब्बिउल औवल महिना को १२ तारिखका दिन बुबा अब्दुल्लाह र आमा आमिनाको कोखबाट साउदीको मक्का शहरमा भएको हँुदा यसदिन विश्व भरीका मुस्लिमहरुले भव्यताका साथ बिविध कार्यक्रम गरी मनाइने गरिन्छ ।
आजको यस जन्मदिनको खुसियालीमा मुस्लिम समुदायले जश्ने ईद मिलादुन नवि (रबिउलऔवल) को रुपमा मनाउने गर्दछन् । मोहम्मदको निधन ६३ वर्षको उम्मेरमा साउदीकै मदिनामा भएको थियो । मोहम्मदको जन्मदिनमा विभिन्न नाअत शरिफ प्रवचन, जीवनी वाचन गर्ने तथा उनका उपदेश र वाणीको स्मरण गर्ने गरिन्छ ।