खानेतेलमा आत्मनिर्भर बन्न थुलुङ दुधकोशीले बीउ वितरण देखि मिल स्थापना सम्म गर्ने

खानेतेलमा आत्मनिर्भर बन्न थुलुङ दुधकोशीले बीउ वितरण देखि मिल स्थापना सम्म गर्ने

सोलुखुम्बु । थुलुङ दुधकोशी गाउँपालिकाले खाने तेलमा आत्मनिर्भर बन्नको लागि आवश्यक कमद चाल्ने भएको छ । गाउँपालिका अध्यक्ष असिम राईको अध्यक्षतामा आइतबार बसेको कार्यपालिका बैठकले खानेतेलमा आत्मनिर्भर बन्नको लागि तत्काल बिउ बितरण देखी तेल पेल्ने मिल समेत स्थापना गर्ने निर्णय गरेको छ ।

खानेतेल आयतमा पुर्णरुपमा प्रतिवन्ध लगाउने नीति बनाएको गाउँपालिकाले यस वर्ष भने अभियानकै रुपमा तेलहन बाली (भाटमास, सुर्यमुखी र तोरी) मा स्थानीयबासीलाई आकर्षित गराउने गतिविध सन्चालन गरिने गाउँपालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो ।एक हप्ताको म्याद राखेर अहिले तोरीको बीउका लागि माग संकलन सुरु गरिएको छ ।

यस्तै थुलुङ दुधकोशी गाउँपालिकाले नदिजन्य पदार्थ उत्खनन‚ संकलन तथा बिक्री गर्ने कार्यमा रोक लगाउने निर्णय गरेको प्रवक्ता भोजराज कार्कीले जानकारी दिए ।
गाउँपालिका क्षेत्र भित्र नदिजन्य पदार्थ उत्खनन‚ संकलन तथा बिक्री गर्ने कार्यको लागि बोलपत्र आव्हान गर्ने निर्णय भएको तत्काल उक्त कार्यमा रोक लगाउँने निर्णय गरिएको पालिकाले जनाएको छ ।
यस्तै सोही बैठकले गाउँपालिका उपाध्यक्ष सविता राईको संयोकत्वमा उपभोक्ता हकहित संरक्षण समिति गठन गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका