काठमाण्डौ । सरकारले यस वर्ष तीन दिन संविधान दिवस मनाउने भएको छ ।
आईतवार प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबारमा बसेको संविधान दिवस मुल समारोह समितिको बैठकले सो निर्णय गरेको हो ।
असोज २, ३ र ४ गते ३ दिनसम्म विभिन्न समारोहकासाथ संविधान दिवस मनाउने कार्यक्रम तय गरेको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाका बताए । असोज २ गते स्मारिक प्रकाशन, संवाद, परिसंवाद, अन्तरक्रिया कार्यक्रमहरु हुने र ३ गते सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह गर्ने कार्यक्रम तय भएको पनि मन्त्री ज्वालालए बताए ।
ज्वालाका अनुसार विदेशस्थित राजदुतावासहरु, कुटनीतिक नियोगमा पनि यो दिवस मनाउने, तीन दिन नै बेलुका दीपावली गरेर संविधान दिवस मनाउने ।’ निर्णय गरेको बताए ।