माप्य दुधकोशी ७ ले काठमाडौंमा सञ्चालन गर्‍यो घुम्ती सेवा, १०० बढी लाभान्वित

माप्य दुधकोशी ७ ले काठमाडौंमा सञ्चालन गर्‍यो घुम्ती सेवा, १०० बढी लाभान्वित

काठमाडौं । माप्यदुधकोशी गाउँपालिका ७ न वडाले काठमाडौमा बसोबास गर्ने वडाबासिको लागि एकदिने घुम्ती शिबिर सञ्चालन गरेको छ ।

कुलुङ शेर्पा किदुकको ब्यबस्थापनमा काठमाडौंको जोरपाटीस्थित शेर्पा पार्टी प्यालेसमा शुक्रबार सञ्चालन गरिएको शिबिरबाट झण्डै १०० बढी वडाबासीले सेवा लिएको माप्यदुधकोशी वडा नं-७ का वडा सदस्य दुर्गा प्रसाद राईले जानकारी दिए ।

वडाध्यक्ष सगुजीत राईको उपस्थितिमा सञ्चालन गरिएको शिबिरमा जन्मदर्ता, बिबाह दर्ता, मृत्यु दर्ता, नाता प्रमाणित, सामाजिक सुरक्षा भत्ता नवीकरण, मालपोत रसिद जस्ता सेवा प्रदान गरिएको थियो ।

सो वडाले घुम्ती शिबिर सञ्चालन गरेर वडाबासीहरुलाई पहिलोपटक काठमाडौंबाटै सेवा प्रदान गरेको हो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका