फोनिज राष्ट्रिय पत्रकारिता सम्मान–२०८० दिलीप थापा

फोनिज राष्ट्रिय पत्रकारिता सम्मान–२०८० दिलीप थापा

मोरङ । फोनिज राष्ट्रिय पत्रकारिता सम्मान २०८० द्वारा दिलीप थापा मगरलाई सम्मन गरिएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिजको स्थापना दिवसका अवसरमा शनिबार विराटनगरमा आयोजित एक कार्यक्रमकाबीच संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले पत्रकार थापा मगरलाई उक्त पुरस्कार प्रदान गरिएको हो ।
त्यस्तै ‘फोनिज मातृभाषा पत्रकारिता सम्मान–२०८०’बाट काठमाडौँबाट प्रकाशित हुँदै आएको ‘नेपालभाषा टाइम्स दैनिक’ लाई प्रदान गरिएको छ । त्यसैगरी ‘फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८०’ स्व किसन राई (मरणोपरान्त), देव पचभैया पाल्पा, जीवन लामा दोलखा र उन्नति चौधरी कैलालीलाई पुरस्कृत गरिएको छ ।

२०५८ सालमा नेपाल टेलिभिजनबाट पत्रकारिता सुरुवात गर्नु भएका दिलीप थापामगर नेपाली पत्रकारिता जगतमा स्थापित नाम हो । नेपाल पत्रकार महासंघको केन्द्रीय उपाध्यक्षको रूपमा नेपाली पत्रकारलाई नेतृत्व प्रदान गरिसक्नु भएका थापा आफैले पाँच वर्षदेखि सरोकार टेलिभिजन सञ्चालन गर्दै आउनु भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका