प्रथम हुने विद्यालयलाई ५ लाख, विद्यार्थीलाई ५० हजार पुरस्कार

प्रथम हुने विद्यालयलाई ५ लाख, विद्यार्थीलाई ५० हजार पुरस्कार

सोलुखुम्बु । सोलुदूधकुण्ड नगरपालिकाले एसइइमा उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यालय र विद्यार्थीलाई नगद सहित सम्मान गरेको छ ।

नगरप्रमुख नाम्गेलजाङबु शेर्पाले सामुदायिक विद्यालयहरू मध्येबाट जिल्लामै उत्कृष्ट भएको गार्मा माविलाई नगद ५ लाख रूपैयाँ र उत्कृष्ट विद्यार्थी बबिता कार्कीलाई नगद ५० हजार रुपैयाँका साथमा प्रमाणपत्र प्रदान गर्नुभएको हो।

सोही अवसरमा शैक्षिक सुधारका लागि मुख्य सरोकारवालासंग छलफल समेत गरिएको छ ।

छलफलका क्रममा नगरप्रमुख नाम्गेलजाङबु शेर्पाले शिक्षाको स्तर बृद्धि गर्न शिक्षकको मुख्य भूमिका हुने भन्दै प्रधानाध्यापकले शैक्षिक वातावरण सिर्जना गर्नुपर्ने बताउनुभयो। उहाँले प्रविधिको प्रयोग गरेर शिक्षकले आफ्नो योग्यता र क्षमता अनुसार शिक्षण गर्नसके शैक्षिक स्तर बृद्धि गर्न सहज हुने धारणा व्यक्त गर्नुभयो। शिक्षक आफ्नो पेसाप्रति इमान्दार भएर लागेमा परिवर्तन सम्भव भएको बताए ।

सोलुदुधकुण्ड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कोपिला राईले नगरपालिकाको वर्तमान अवस्थाका बारेमा जानकारी गराउनुभएको थियो। यस कार्यक्रमले नगरपालिकाको शिक्षाको स्तर उठाउन सहयोग पुग्ने उहाँको विश्वास छ।

सोलुदुधकुण्ड नगरपालिकाका सामाजिक विकास समितिका संयोजक सोनामग्याल्जेन शेर्पाको अध्यक्षतामा भएको कार्यक्रममा वडा अध्यक्षहरू, नगर शिक्षा समितिका सदस्यहरु, ६२ विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरूको उपस्थिति रहेको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका