थुलुङ दुधकोशी गाउँपालिकाले खदा तथा ब्याच प्रतिस्थापन गर्ने

थुलुङ दुधकोशी गाउँपालिकाले खदा तथा ब्याच प्रतिस्थापन गर्ने

सोलुखुम्बु । थुलुङ दुधकोशी गाउँपालिकाले खदा तथा ब्याच प्रतिस्थापन गर्ने निर्णय गरेको छ । आज आइतबार गाउँपालिका अध्यक्ष असिम राईको अध्यक्षतामा बसेको कार्यपालिका बैठले उक्त निर्णय गरेको हो ।

खादा तथा व्याजको सट्टा स्थानीय उत्पादनलाई जोड दिदै रोजगारी सृजना गर्ने गाउँपालिकाको योजना रहेको पालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिए ।अतिथि सत्कारको नाउँमा प्रयोग हुने खादाका कारण अत्याधिक बजेट बाहिर जाने भएकाले स्थानीय उत्पादन फुलमाला, धजुरा, फुर्का, ढाका टोपी, सल लगायत प्रयोगमा जोड दिइने उहाँको भनाइ छ । पालिका प्रवक्ता कार्कीका अनुसार गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा उल्लेख गरेको थियो ।

यसैबीच, सोही बैठकले गाउँपालिका केन्द्र मुक्लीमा संचालित दुधकोशी सामुदायिक अस्पताललाई गाउँपालिकाको मातहतमा संचालन गर्ने पनि निर्णय गरेको छ । नागरिकको सहयोगबाट स्थापना भएको उक्त अस्पताललाई अझ व्यबस्थित सुविधायुक्त बनाउँनको लागि गाउँपालिका मातहतमा ल्याउन लागिएको पालिका अध्यक्ष असिम राईले बताए ।

यस्तै गाउँपालिकामा संचालन हुने एम्बुलेन्स संचालनको लागि आवश्यक कार्यविधि निर्माण गरि दररेट समेत निर्धारणको लागिसमिति गठन गरिएको छ । गाउँपालिका उपाध्यक्ष सविता राईको संयोजक्तवमा ५ सदस्यीय दररेट निर्धारण समिति गठन गरिएको हो । उक्त समितिले निर्माण गरेको दररेट अर्को कार्यपालिका बैठकमा पेश भइ निर्णय भएपछि लागु हुने प्रवक्ता कार्कीले जानकारी दिए ।

यस्तै देशै भरि महामारीको रुपमा गाइ गोरु तथा भैँसीमा फैलिएको लम्पी स्कीन रोगको रोगथाम तथा नियन्त्रणका लागी तत्काल पर्याप्त मात्रमा भ्याक्सीन तथा एन्टिबायोटीक खरिद गरी थप प्रभावकारी रुपमा पशु चिकित्सक परिचालन गर्ने निर्णय पनि गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका