सुर्केबाट काठमाण्डौ उडेको हेलिकप्टर लामाजुरमा दुर्घटना

सुर्केबाट काठमाण्डौ उडेको हेलिकप्टर लामाजुरमा दुर्घटना

सोलुखुम्बु । सोलुखुम्बुको सुर्केबाट काठमाण्डौका लागि उडेको मनाङ एयरको हेलिकप्टर लामजुरा डाँडामा दुर्घटनाग्रस्त भएको छ । विहान १०ः०५ मा सुर्केबाट उडेको मनाङ एयरको नाईन एन ए एम भि कलसाईनको हेलिकप्टर लिखुपिके गाउँपालिका ५ भकान्जे स्थित लामाजुराको च्यानडाँडामा दुर्घटना ग्रस्त अवस्थामा भेटिएको सन्चार्कर्मी अमृत राइले जानकारी दिए ।

‘च्यान डाँडामा चौरी गोठालाहरु हेलिप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटेको राइले बताए । हेलिकप्टरमा ६ जना सवार थिए । हेलिकप्टर क्याप्टेन चेत गुरुङले उडाएका थिए । उक्त हेलिकप्टरमा क्याप्टेन बाहेक ५ जना विदेशी सवार रहेको लुक्ला विमानस्थलका एटिसि अफिसर सागर कडेलले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका