थुलुङ दुधकोशी-८ देउसामा हिल ट्याङ्की वितरण

थुलुङ दुधकोशी-८ देउसामा हिल ट्याङ्की वितरण

सोलुखुम्बु । थुलुङ दुधकोशी गाउँपालिका-८ देउसामा हिल ट्याङ्की वितरण गरिएको छ । खानेपानीको समस्या रहेको क्षेत्र देउसाको चोलीमा उक्त ट्याङ्की वितरण गरिएको गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिए ।
अध्यक्ष राईका अनुसार एक लाख ६८ हजार लागतमा १५ वटा हिल ट्याङकी वितरणका साथै मुहान समेत मर्मत गरीएको छ । थुलुङ दुधकोशी गाउँपालिका खानेपानी व्यवस्थापन बोर्डको सिफारिसमा उक्त काम गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले हरेक नागरिकको घरमा स्वच्छ पीउने पानी पुर्याउने अभियान जारी राखेको जनाएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै पालिका अध्यक्ष असिम राईले नागरिकको सहजताका लागि विभिन्न नीति निर्माण संगै आवश्यक संरचनामा जोड दिएर काम गरिरहेको बताए । खानेपानी व्यवस्थापनका लागि आवश्यकताको आधारमा सबै क्षेत्रमा काम गरिने पनि उहाँले बताए ।
वडा अध्यक्ष राजेश बाबु किराँतीले नागरिकको समस्यालाई पहिचान गरि समाधानमा लागी रहेको बताउँदै वडाको विकासमा एकजुट भएर लाग्न अनुरोध गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका